नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले पाए अनुमति « Khabarhub

नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले पाए अनुमति


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष नेपालका २५ वटा हिमाल आरोहण गर्नको लागि ८८६ जनाले अनुमति पाएका छन् । 

पर्यटन विभागले उनीहरूलाई अनुमति दिएको हो । विभागका अनुसार यसवर्ष ११० समूहले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । ती समूहमा ६९२ जना पुरुष र १९४ जना महिला रहेका छन् । 

सबैभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि अनुमति लिएका छन् । हालसम्म सगरमाथा आरोहणको लागि ३८ समूहका ३०३ जनाले अनुमति पाएका छन् । 

विभागका अनुसार यसवर्ष लोत्से हिमाल आरोहणको लागि ११२ जना, आमादब्लम हिमाल आरोहणको लागि ९७ जना, कञ्चनजंगा हिमाल आरोहणको लागि ६८ जना, अन्नपूर्ण फस्ट हिमाल आरोहणको लागि २६ जना, हिमलुङ्ग हिमाल आरोहणको लागि ३५ जना, धौलागिरी हिमाल आरोहणको लागि २७ जना, मकालु हिमाल आरोहणको लागि ३९ जना र नुप्त्से हिमाल आरोहणको लागि ५७ जनाले अनुमति पाएका छन् । 

यसवर्ष १३२ जना अमेरिकी, १०५ जना बेलायती, ६३ जना बेलायती, ३४ जना क्यानेडेली, ५५ जना फ्रेन्च, २५ जना जर्मन, २९ जना अष्ट्रेलियाली, २५ जना स्पेनीस लगायतले हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

हिमाल आरोहणको लागि अनुमति दिँदा हालसम्म ४५ करोड ६९ हजार ९२१ रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । सगरमाथा आरोहणको लागि अनुमति दिँदा मात्र ३७ करोड ८० लाख ६७ हजार २५० रुपैयाँ राजस्व उठेको छ । 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ५ : ५२ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार