हेटौंडामा सत्ता गठबन्धनले खोल्यो सम्पर्क कार्यालय « Khabarhub

हेटौंडामा सत्ता गठबन्धनले खोल्यो सम्पर्क कार्यालय


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– स्थानीय तहको निर्वाचनका लागि हेटौंडामा सत्ता गठबन्धनको पहिलो सम्पर्क कार्यालय खुलेको छ ।

मंगलबार हेटौंडा–१ चाइनाक्वाटरमा कार्यालय उद्घाटन गरिएको हो ।

गठबन्धनबाट हेटौंडा उपमहानगरका मेयर र उपमेयर उम्मेदवार मीनाकुमारी लामा र राजेश बानीयाँले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई जितले मात्रै हेटौंडा उपमहानगरवासीको हित हुने बताइन् । उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरी लाग्न कांग्रेस, माओवादी, नेकपा एससहित गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्तालाई अनुरोध गरेकी थिइन् ।

‘जिल्लाको हरेक आन्दोलनमा सँगै भएपनि चुनावी मैदानमा फरक रहँदै आएका थियौं तर अहिले गठबन्धनमा रहेका छौं’, उनले भनिन्, ‘आन्दोलनबाट प्राप्त परिवर्तन र उपलब्धीलाई संरक्षण गर्दै मुलुक र गणतन्त्र जोगाउनका गठबन्धनले जित्नु आवश्यक छ ।’

यस्तै उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पूर्वाधार निर्माण र खेलकुदको क्षेत्रमा काम गर्ने बताए । वडा अध्यक्ष हुँदा वडाको विकासमा व्यक्तिगत एवम् संस्थागत रुपमा धेरै काम गरेको उदाहरण पेश गर्दै उनले अब नगरको विकासमा लागिपर्ने बताए ।

पूर्वाधार निर्माणमा आफूले हेटौंडा–५ मा गरेको काम जस्तै नगरभर गर्ने योजना रहेको उनले सुनाए । कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी, वडा अध्यक्षका उम्मेदवार सविन न्यौपाने, नेपाली कांग्रेस हेटौंडा १ नम्बर वडा सभापति हरिकृष्ण महर्जनलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १० : ११ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज