‘बोट टुरिजम’लाई झस्काउने त्यो दुर्घटना | Khabarhub Khabarhub

‘बोट टुरिजम’लाई झस्काउने त्यो दुर्घटना


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुर्घटना त्यत्तिकै हुँदैन। धेरै कुराको संयोगले नै दुर्घटना निम्त्याउने हो। व्यक्तिगत लापरबाहीका साथै अन्य प्रतिकुल परिस्थिति नै दुर्घटनाका कारण बन्ने गरेका छन्। शनिबार उत्तरी जापानको होकाइडाको तटीय क्षेत्रमा यस्तै दुर्घटना भएको छ।

रिसोटोक प्रायद्वीप रमणीय स्थान हो। जङ्गल छेउको यो पहाडी क्षेत्रमा झर्नाबाट पानी झरेको दृश्यले सबैलाई रोमाञ्चित बनाउने गरेको छ। त्यही पानी बगेर प्रशान्त महासागरमा मिसिने गरेको छ। प्रायद्वीपको उत्तरी क्षेत्रमा राष्ट्रिय पार्क छ। त्यहीँ विश्व सम्पदा सूचीमा रहेको स्थान पनि छ। खैरो रङका उसुरी भालु सबैभन्दा धेरै सोही स्थानमा पाइन्छ।

प्राकृतिक सम्पदाका साथै भालु हेर्नकै लागि संसार भरका मानिस झुम्मिने गरेका छन्। पछिल्लो समय त्यो ठाउँ संसारका प्राय सबै स्थानका पर्यटकका लागि घुमफिरको गन्तव्य बन्ने गरेको छ।

प्राकृतिक सम्पदाका साथै भालु हेर्नकै लागि संसार भरका मानिस झुम्मिने गरेका छन्। पछिल्लो समय त्यो ठाउँ संसारका प्राय सबै स्थानका पर्यटकका लागि घुमफिरको गन्तव्य बन्ने गरेको छ।

ती सबै मनोरम दृश्य डुङ्गाबाट हेरेर आनन्द लिनकै लागि बिदाको समय छुट्याउने धेरै छन्। भालु हेर्न त्यहाँ ठूलो संख्यामा पर्यटक पुग्छन्। भालु हेर्नका लागि जाने पर्यटककै कारण स्थापित धेरै कम्पनी ग्राहक तान्ने आफ्नो लक्ष्यमा लगभग ९५ प्रतिशत सफलता पाएको बताउँछन्।

यसै साताको सुरुवातमा बिहानै एउटा डुङ्गा ओटोरोको सानो माछा मार्ने बन्दरगाहबाट बाहिर निस्किएको थियो। त्यहाँबाट निस्किएर डुङ्गा प्रायद्वीप तर्फ लम्किएको थियो। डुङ्गाको क्षमता ६५ जनाको हो। तर, त्यस दिन २६ जना थिए। ती सबै जापानी थिए। दुई साना बच्चा पनि त्यसै डुङ्गामा थिए। एउटा बच्चाको उमेर त भर्खर तीन वर्ष मात्र भएको थियो। खराब मौसम थियो। हुरीबतास चलेको थियो। छाल तीन मिटरसम्म माथि आउन थालेको थियो। त्यसै स्थानबाट डुङ्गा मोडेर निकाल्न सकिने अवस्था थियो।

डुङ्गाको क्षमता ६५ जनाको हो। तर, त्यस दिन २६ जना थिए। ती सबै जापानी थिए। दुई साना बच्चा पनि त्यसै डुङ्गामा थिए। एउटा बच्चाको उमेर त भर्खर तीन वर्ष मात्र भएको थियो।

काजु एक नामको त्यो डुङ्गा समुद्रमा छाल आएको क्षेत्रतर्फ लम्कियो। त्यहाँ माछा मार्न गएको डुङ्गा भने आश्रय खोज्दै बन्दरगाहतर्फ फर्किरहेका थिए। अर्को डुङ्गाका कप्तानले त्यस स्थानमा जानु खतरापूर्ण भएको काजु एका चालकलाई भने। उनले त्यसलाई मतलब नै गरेनन्। काजु एका कप्तान समुद्री छालमा स्केटीङ गर्ने सवालमा पनि अनुभवी थिएनन्।

जापानी सञ्चार माध्यमकै अनुसार उनी तालमा डुङ्गा चलाउनका लागि मात्र प्रशिक्षित थिए। यसका बाबजुद सेराटेको प्लेजर बोट कम्पनीले अनुभवी चालकलाई जागिरबाट हात धुन लगाउँदै ती कम अनुभवी चालकलाई कम्पनीमा राखेको थियो।

यसअघि २०२१ मै दुई दुर्घटनाका कारण यो कम्पनी छानबिनको घेरामा परेको थियो। मध्यान्ह १ बजे तटमा रहेका सुरक्षाकर्मीले एउटा दुखद खबर सुने। काजु एको इन्जिन भाँच्चिएको तथा कासुली छालको पानी त्यस भित्र छिर्नै आटेको खबर उनीहरूले पाएका थिए। त्यो क्षेत्र प्रायद्वीपको अफ ट्रयाक नै थियो। समुद्रका अन्य स्थानमा जस्तो सरर डुङ्गा चलाउन सहज त्यहाँ पक्कै थिएन।

अप्रिल महिनामा पानी अझै चिसो छ। जम्ने नै अवस्था भन्दा अलिकति मात्र कम चिसो। पानी नै त्यो समयमा समस्या बनेको थियो। जापानका हरेक सेवामा सुरक्षा पहिलो प्राथमिकता र लक्ष्य मानिन्छ। आफैले डुङ्गा चलाउने यात्रुलाई सुरक्षा ज्याकेट अनिवार्य प्रदान गरिन्छ। तर, चालकले चलाए यात्रुको हकमा त्यो हुँदैन। काजुमा एकमा एउटा मात्र लाइफ ज्याकेट थियो। जापानको त्यो चिसोमा पानी जमेको स्थानमा मुस्किलले एक घण्टा मात्र मान्छे बाच्न सक्छ। बच्चाको हकमा त्यो पनि कठिन हो।

जापानका हरेक सेवामा सुरक्षा पहिलो प्राथमिकता र लक्ष्य मानिन्छ। आफैले डुङ्गा चलाउने यात्रुलाई सुरक्षा ज्याकेट अनिवार्य प्रदान गरिन्छ। तर, चालकले चलाए यात्रुको हकमा त्यो हुँदैन।

त्यस स्थानमा उद्धारकर्मी एक घण्टा होइन सायद दुई घण्टामा पनि पुगेनन्। पहिलो कोस्ट गार्ड हेलिकोप्टर पहिलो कल आएको तीन घण्टासम्म त कासुनीको झरनामा पुग्न नै सकेन। होकाइडोको उत्तर पूर्वी तट सुरक्षाका लागि अत्यन्त कठिन स्थान मानिन्छ।

त्यहाँबाट नजिकको हेलिकोप्टर आधार शिविर १६० किलोमिटर टाढा छ। त्यस दिन उक्त हेलिकोप्टर अन्यत्र कतै गएको थियो। त्यहाँ बाट फर्किएर उत्तर तर्फ अवस्थित सेरोटेकोमा जाँदा दिउँसो प्रकाश पाउने समय ९० मिनेट मात्र बाँकी थियो। यसरी एउटा दुर्घटना भएका डुङ्गाका धेरै जना हराइरहेका छन्। खोजी कार्य जारी छ।

समुद्रको कठिन परिवेसमा अनुभवहीन चालकलाई डुङ्गा चलाउने अनुमति कसले दियो भन्ने प्रश्न अहिले उठि रहेको छ। युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको उक्तस्थान अहिले शोकमा डुबेको छ। पर्यटक त्यहाँ जान आत्तिएका छन्।खोजीकै क्रममा जापानी कोस्ट गार्डले तीन वर्षीया बालिकाको उद्धार गरे। १० जनाको निधन भएको ठहर भइसकेको छ। अन्यको अवस्था एकिन छैन।

पछिल्ला वर्ष औद्योगिक क्षेत्रमा तीव्र गतिमा पाइला बढाएको जापानमा धेरै हेर्न लायक स्थान छन्। पछिल्लो समय त जापानमा एकपछि अर्को स्थान पर्यटकका लागि उपयुक्त ठहर हुन थालेका छन्। यसमा पनि होकाइडा पर्यटकका लागि अझ महत्त्वपूर्ण स्थान हो। उत्तरी जापानको होकोइडामा दुई प्रसिद्ध निला पोखरी छन्। यो स्थान सन् १९९३ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा छन्।

ऐतिहासिक कालखण्डदेखि नै जापानका दुई सहर सिकोकु र होकाइडुमा भालुहरू प्रशस्त मात्रमा थिए। जापानको औद्योगिक विकास क्रमसँगै यिनको सङ्ख्यामा भने कमी आएको छ।

यम्डेरा मन्दिर अर्को त्यत्तिकै महत्त्वपूर्ण स्थान हो। यो मन्दिर रहेको स्थानलाई पनि त्यत्तिकै रमणीय मानिन्छ। पाँच रङ्ग मिसिएको भन्ने अर्थ लाग्ने ‘गोसीकीनुमा ’ ताल अर्को रमणीय स्थान हो। यसको आश्चर्यजनक कुरा भनेको यसले सिजन र दिन अनुसार रङ फेर्ने गर्छ। टोकियोको नजिक रहेको किबा प्रायद्वीपमा एउटा बुद्धको मन्दिर छ। त्यो बुद्ध मन्दिर पनि पर्यटकका लागि त्यत्तिकै आकर्षण बन्ने गरेको छ। प्रायद्वीपको कुसीमोतो सहर त्यत्तिकै हेर्न लायक सहर मानिन्छ। ८ सय मिटर लामो ‘हासीकुइया’ भन्ने डुङ्गाको पहाड पनि हेर्न लायक स्थानको रूपमा रहेको छ।

भव्य टोकियो सहर, फिजी हिमालको आकर्षण, सांस्कृतिक महत्त्वका स्थान र त्यहाँको आतिथ्यले धेरैलाई लोभ्याउने गर्छ। त्यसै जापानका विशेषता र आकर्षण अरू धेरै कुरामा छन्। जापानका थुप्रै प्राकृत विशेषता त आफ्नो ठाउँका महत्त्व नहुने कुरै भएन। जापानकै अर्को महत्त्वपूर्ण विशेषता त्यहाँ रहेका भालुका प्रजाति पनि हुन्।

ऐतिहासिक कालखण्डदेखि नै जापानका दुई सहर सिकोकु र होकाइडुमा भालुहरू प्रशस्त मात्रमा थिए। जापानको औद्योगिक विकास क्रमसँगै यिनको सङ्ख्यामा भने कमी आएको छ। सन् १९५० मा आफ्नो विशेष स्थान क्यसुबाट कालो भालु अन्यत्र लगिएका थिए।

एसियाली कालो भालु प्रजातिको रूपमा जापानमा कालो भालु पाइन्छ। त्यहाँ १० हजार कालो भालु रहेको अनुमान गरिएको छ। पुरुष कालो भालुको तौल ६० देखि १२० किलो हुन्छ भने महिलाको ४० देखि १०० किलोसम्म हुन्छ। यिनीहरू मानिस जत्तिकै अग्ला हुन्छन्।

जापानमा पाइने खैरो भालुका बारे थुप्रै तथ्य पत्ता लगाउन वैज्ञानिकले अझै मेहनत गरिरहेका छन्। पुरुष खैरो भालु एकदमै आक्रामक भएकाले नजिकबाट यसलाई हेर्नु या यसको छेउछाउमा पुग्न सम्भव नै हुँदैन।

जापानको यसै प्राकृतिक सम्पदालाई राम्रोसँग हेर्न र जैविक विविधताको पनि अनुभव गर्न सिरेटोको प्रायद्वीपमा डुङ्गालाई उपयुक्त मानिन्छ। एकै पटक जापानका प्राकृतिक सुन्दरता र विविधताको महसुस गर्न पाइने भएकाले यस स्थानमा मानिसको भीड बढेको हो।

जापानमा पाइने खैरो भालुका बारे थुप्रै तथ्य पत्ता लगाउन वैज्ञानिकले अझै मेहनत गरिरहेका छन्। पुरुष खैरो भालु एकदमै आक्रामक भएकाले नजिकबाट यसलाई हेर्ने या यसको छेउछाउमा पुग्न सम्भव नै हुँदैन।

ती प्रायद्वीप र तटीय क्षेत्र पछिल्लो समय आर्थिक र प्रशान्त क्षेत्रीय रणनैतक रूपले पनि महत्त्वपूर्ण साबित भएको छ।यस कारणले ती क्षेत्र संसारका धेरैका लागि आकर्षण बन्ने गरेको छ। त्यसै आकर्षण क्षेत्रको यो दुर्घटनाले जापानलाई एक पटक झस्काएको छ।

एउटा दुर्घटना मात्र होइन, यसै कारण पर्यटकको आवगमनमा प्रतिकुल असर त गर्ने होइन भन्ने चिन्ता समेत त्यहाँका अधिकारीमा देखिन थालेको छ। अन्य दुर्घटनालाई रोक्नका लागि जापानले सायद थप सुरक्षा नीति लिन पनि सक्नेछ। हरेक व्यक्तिको सुरक्षित जीवनलाई पहिलो प्राथमिकतामा राख्ने जापानले सायद केही दिनमा आफ्नो रिपोर्ट सार्वजनिक गर्नेछ। सायद त्यहाँको पर्यटकीय क्षेत्रमा असर गर्ने र कसैको जीवनमा जोखिम हुने यस्ता हेलचेक्र्याइँमा सरकार अझ कडा रूपमा प्रस्तुत हुन सक्नेछ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ७ : १५ बजे

अन्योलकै भुमरीमा बुढीगण्डकी आयोजना, कहिले टुङ्गिएला लगानी मोडालिटी ?

काठमाडौं– प्रस्तावित १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण पुनः

पानी परेको बेला एसी चलाउन कत्तिको सुरक्षित  ? 

काठमाडौं– गर्मीमा एसीको चिसो हावाबाट सबैले ठूलो राहत पाउँछन् । गर्मीको

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौं– सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी

नयाँ गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार

अमेरिकी पेस्तोलसहित भारतीय नागरिक धनुषामा पक्राउ

धनुषा : प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-६ लक्ष्मीपुरबाट एकजनालाई पेस्तोलसहित