‘लाइफ इन एल ए’ मा अमेरिकन लाइफ (भिडियो) « Khabarhub

‘लाइफ इन एल ए’ मा अमेरिकन लाइफ (भिडियो)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘लाइफ इन एल ए’ को ट्रेलर सार्वजनिक भएको छ। 

अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि पुगेको व्यक्तिहरूको जीवनीमा आधारित फिल्ममा लस एञ्जल्सको लाइफ मार्फत चित्रण गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरमा ब्यास, अकेशा र शिल्पाको प्रेममा आउने उतार-चढाव र विदेशमा बस्ने नेपालीको लाइफ स्टाइल समावेश गरिएको छ ।

त्रिकोणात्मक प्रेमकथा ‘लाइफ इन एलए’ मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । सूर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भएको फिल्ममा एलिस कार्की र प्रतीक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई  ब्यास बिस्सुले निर्माण गरेका हुन् । दीपक वली एसोसियट निर्देशक रहेको फिल्ममा भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र, कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।

अमेरिकाको विभिन्न राज्यमा च्यारेटी शो गरिएको फिल्म नेपालमा भने आउँदो जेठ ६ मा प्रदर्शन हुने छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : ५१ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ