काजीको प्रेममा बमकाजी भिलेन (कबड्डी ट्रेलर) « Khabarhub

काजीको प्रेममा बमकाजी भिलेन (कबड्डी ट्रेलर)


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतीक्षित फिल्म मध्येको एक ‘कबड्डी ४ : द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। 

१३ जेठमा रिलिज हुने फिल्मको कथा पछिल्लो ‘कबड्डी कबड्डी कबड्डी’ सकिएपछि सुरु गरिएको छ। फिल्मको कथा काजीको विवाह र बमकाजीको भिलेन रूपमै केन्द्रित छ । काजी गाउँमै शिक्षिकासँग प्रेममा नजिक हुँदै गर्दा बमकाजीको आगमनले घटाउने घटनाक्रमलाई फिल्ममा देखाइएको छ। 

फिल्म अघिल्लो सिरिज झैँ काजीको प्रेम यात्रा र त्यसमा बमकाजीको बाधामा केन्द्रित छ। निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्ममा काजीको भूमिकामा दयाहाङ राई, बमकाजीको भूमिकामा सौगात मल्ल र शिक्षिकाको भूमिकामा मिरुना मगर रहेकी छिन्। नेपाली फिल्मको हिट फ्रेन्चाइज ‘कबड्डी’ को चौथो शृंखलालाई ‘द फाइनल म्याच’ भनिएको छ । यस शृंखलामा कथा सकाइने बताइएकाले गर्दा पनि फिल्म झनै प्रतीक्षित बनिरहेको छ ।

बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको फिल्ममा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

 फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ६ : ३४ बजे

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न

पर्वतीय तथा महासागरीय पारिस्थितिकी तन्त्रको संरक्षणका लागि आईपीयूमा डाक्टर शाक्यको प्रस्तावना पारित

काठमाडौं, अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १५२ औं महासभाले ‘पर्वतीय तथा

यान्त्रिक अवस्था ठिक नभएका र मापदण्डभन्दा बढी धुवाँ फाल्ने गाडी कारबाहीमा

काठमाडौँ- काठमाडौँको थली (मूलपानी क्रिकेट ग्राउण्ड) नजिक आज गरिएको विशेष