महालक्ष्मीको १६ दिने व्रत समापन « Khabarhub

महालक्ष्मीको १६ दिने व्रत समापन


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत गएराति चन्द्रमालाई अर्घ दिएर रातभर जाग्राम बसेसँगै समापन भएको छ ।

धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउन लिने यो व्रतका प्रभावले दुःख नाश भई सुख शान्तिका साथै श्रीवृद्धि र वैभव प्राप्त हुने विश्वास छ । विशेषगरी यो व्रत नारीले लिने गरेका छन् ।

भगवान् शङ्करले यो व्रतविधि देवी पार्वतीलाई बताएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । यो व्रतका प्रभावले मानव देह परित्यागपछि दिव्यधाम प्राप्त हुने जनविश्वास छ ।

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजाआराधना गरी महालक्ष्म्याष्टक स्तोत्र रचना गरेको महालक्ष्मी व्रतकथामा उल्लेख छ । बिहान, मध्याह्न र साँझ तीन पटक यो स्तोत्र पाठ गरेमा धनधान्य, सुख प्राप्त हुनाका साथै शत्रुनाश हुने जनविश्वास छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ ।

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ७ : ३२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका