मकवानपुरमा ६ उम्मेदवारविरुद्ध उजुरी « Khabarhub

मकवानपुरमा ६ उम्मेदवारविरुद्ध उजुरी


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुरका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका ६ उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिकाका ६ उम्मेदवारको विरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडा १९ का वडा अध्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका नरनाथ सुवेदीविरुद्ध कर छलीको आरोपको उजुरी परेको छ । त्यसैगरी मनहरी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार मनिला विष्टविरुद्ध उजुरी परेको छ भने ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अनन्तप्रसाद अर्याल विरुद्ध उजुरी परेको छ ।

नेकपा एसबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानबिन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो भने नेपाली कांग्रेसको तर्फबाट मनहरीको ३ नम्बर वडा अध्यक्षका उम्मेदवार अर्याललाई विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको छ ।

बकैया गाउँपालिकाका ३ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार छाँया अधिकारी र नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवार भक्तबहादुर खत्री र माओवादीकै तर्फबाट ५ नम्बर वडाका उम्मेदवारविरुद्ध पनि उजुरी परेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ८ : ४१ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ