कीर्तिमानी सगरमाथा आरोही बालविवाह रोकथाम अभियान चलाउँदै « Khabarhub

कीर्तिमानी सगरमाथा आरोही बालविवाह रोकथाम अभियान चलाउँदै


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरूका विद्यार्थीहरूका साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र बस्तीमा पुगेर बालबाविवाहका विषयमा जानकरी दिएकी हुन् ।

साथै उनले बालविवाहका नकारात्मक पक्षहरूका विषयमा जानकारी दिँदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् ।

सगरमाथा आरोहणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन उनले बालविवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार अधिराज्यभर दनुवारहरूको संख्या ८४ हजार एक सय १५ रहको छ ।

नेपालको काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरूमा दनुवार बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपाल दक्षिणीतर्फबाट २०७५ जेष्ठ ९ गते र उत्तरी मोहोडा तिब्बततर्फबाट २०७६ जेष्ठ ९ गतेका दिन सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमान राख्न कल्पना सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औँ दिन तथा वाङ्मय  शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएकी थिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ०४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले