कीर्तिमानी सगरमाथा आरोही बालविवाह रोकथाम अभियान चलाउँदै | Khabarhub Khabarhub

कीर्तिमानी सगरमाथा आरोही बालविवाह रोकथाम अभियान चलाउँदै


१४ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व कीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरूका विद्यार्थीहरूका साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पना ती स्कुल र बस्तीमा पुगेर बालबाविवाहका विषयमा जानकरी दिएकी हुन् ।

साथै उनले बालविवाहका नकारात्मक पक्षहरूका विषयमा जानकारी दिँदै बालविवाह नगर्न नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् ।

सगरमाथा आरोहणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन उनले बालविवाह रोकथाम अभियान गर्ने सगरमाथाको चुचुरोबाट उद्धघोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार अधिराज्यभर दनुवारहरूको संख्या ८४ हजार एक सय १५ रहको छ ।

नेपालको काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरूमा दनुवार बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपाल दक्षिणीतर्फबाट २०७५ जेष्ठ ९ गते र उत्तरी मोहोडा तिब्बततर्फबाट २०७६ जेष्ठ ९ गतेका दिन सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमान राख्न कल्पना सफल बनेकी हुन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १०० औँ दिन तथा वाङ्मय  शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०० औँ जन्मोत्सवको उपलक्षमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगो अंकित झन्डा र जोशीको फोटो अंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएकी थिइन् ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ११ : ०४ बजे

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

दार्चुला– व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको

महाकाली सिँचाइ तेस्रो चरणमा

कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको

पत्रकारलाई सेनाको तालिम

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष