अवैध चितुवाको छालासहित तीन जना पक्राउ | Khabarhub Khabarhub

अवैध चितुवाको छालासहित तीन जना पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

उनका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो । चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई त्यहाँबाट पक्राउ गरेको । पक्राउ परेका तीनै जनाको आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १२ : ०१ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय