इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार « Khabarhub

इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार


१५ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको छ । राष्ट्रपति पदमा आइतबार पुनः निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको बेलायती अखबार डेली मेलको अनलाइन संस्करणले जनाएको छ । 

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोंले फ्रान्सेली जनतालाई धन्यवाद दिन पेरिस नजिकैको सेर्जी नगरको भ्रमण गर्ने बेला भीडबाट कसैले उनलाई गोलभेँडाको झोलाले प्रहार गरेको थियो ।

तर, राष्ट्रपतिलाई गोलभेँडाले लागेन । म्याक्रोंलाई प्रहार गरेको गोलभेँडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेँभडाले लागेपछि ती सुरक्षाकर्मी अत्तालिएर चिच्याएका थिए ।

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोंलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष छाता खोलेर म्याक्रोंलाई ढाकेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ५१ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो