विदेशपछि मात्र नेपालमा ‘कौसीद’  | Khabarhub Khabarhub

विदेशपछि मात्र नेपालमा ‘कौसीद’ 


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री ऋचा शर्मा स्टारर फिल्म ‘कौसीद’ ले जेठ २७ मा प्रदर्शन मिति घोषणा गरेता पनि रिलिज नगर्ने भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा रिलिज गरेपछि मात्र अब नेपालमा रिलिज गर्ने योजना अनुरूप रिलिज स्थगित गरिएको निर्माण पक्षले जनाएको छ । अभिनेत्री तथा निर्मात्री ऋचा शर्माको अनुसार फिल्म नेपालमा आउँदो मङ्सिरमा मात्र रिलिज हुने सम्भावना छ । वित्तिय ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने फिल्मको केन्द्रीय द्वन्द्व पैसाकै वरिपरि घुमेको जनाइएको छ । कुमार भास्करको निर्देशनमा बनेको फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्। फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । 

निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा फिल्म ‘कौसीद’ निर्माण भएको हो । यो फिल्मको कोरोना महामारीको बीच निर्माण सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  २ : ५१ बजे

इजरायली आक्रमणबाट इरानमा को–को मारिए ?

शुक्रबार सबेरै इजरायलले इरानी भूमिलाई लक्षित गरी आक्रमण गरेको छ

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती