युद्ध शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलरको इन्धन खरिद गरेको खुलासा « Khabarhub

युद्ध शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलरको इन्धन खरिद गरेको खुलासा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी आक्रमण शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलर भन्दा धेरैको खरिद गरेको तथ्यांक सार्वजनिक भएको छ ।

स्वतन्त्र शोध समूह सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एअरका अनुसार युक्रेनमाथि आक्रमण थालेको दुई महिनामा जर्मनीले ९ अर्ब १० करोड डलरको रुसी इन्धन खरिद गरेको हो ।

समग्रमा भने रुसले गत फेब्रुअरी २४ यता ६६ अर्ब ५० करोड डलरको इन्धन निर्यात गरेको तथ्यांकमा उल्लेख छ ।

पानीजहाजको गतिविधिको विश्लेषण, पाइपलाइनमार्फत तेल आपूर्तिको निगरानी र ऐतिहासिक मासिक व्यापारको अनुमानका आधारमा तथ्यांक सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार यसबारे जर्मन पक्षले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ३ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै