आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण | Khabarhub Khabarhub

आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५ दशमलव ८४ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बिहीबार काठमाडौंमा आर्थिक बर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्याङ्कका विषयमा पत्रकार सम्मेलन गर्दै विभागले चालु आर्थिक वर्षको ६ देखि ९ महिनासम्मका तथ्यांकको आधारमा नेपालको आर्थिक वृद्धिदर गत आबको भन्दा बढी हुने प्रक्षेपण गरेको हो ।

गत आर्थिक वर्षमा सोही समयमा ३.८३ प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।

आधार मूल्यका आधारमा अहिले नेपालको अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ र उपभोक्ता मूल्यका आधारमा ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ रहेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले जानकारी दिएका छन् । उनका अनुसार चालु आबका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३८१ अमेरिकी डलर बराबर रहेको छ ।

चालु आबका लागि आयात १८ खर्ब रुपैयाँ र निर्यात ३ खर्ब २० अर्ब रुपैयाँ बराबर हुने देखिएको उनले बताए ।

नेपालको जीडीपीमा सबैभन्दा बढी कृषि, वन तथा माछापालन क्षेत्रको योगदान २३.९५ प्रतिशत, थोक तथा खुद्रा व्यापारको १६.४० प्रतिशत र घरजग्गा क्षेत्रको ८.७९ योगदान रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ४ : २९ बजे

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार

रास्वपा छोड्ने संकेत गर्दै तोसिमा कार्कीले भनिन् : आत्मसम्मानमा प्रहार हुन्छ भने साथीहरू निस्किन्छन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन

सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा

बङ्गलादेशमा एक अल्पसङ्ख्यक इस्लामिक सम्प्रदायद्वारा प्रदर्शन

एजेन्सी– बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि