गृहमन्त्रीले बागी उम्मेदवारसँग ‘डिल’ गरेको विषय आयोगको ‘नोटिस’ मा « Khabarhub

गृहमन्त्रीले बागी उम्मेदवारसँग ‘डिल’ गरेको विषय आयोगको ‘नोटिस’ मा


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन् ।

यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको बताए ।

‘गठबन्धन र त्यस सन्दर्भको कुरालाई लिएर र उहाँहरूको हिसाबमा उठ्न नपर्ने मान्छेहरू उठिदिनुभयो, अप्ठ्यारो भयो भन्ने हिसाबले मन्त्रीज्यूहरु नै गएको भन्ने जुन कुरा छ । पकै पनि आयोगको ध्यानाकर्षण भएको छ’, सहायक प्रवक्ता अर्यालले भने, ‘पब्लिक पोस्ट र पब्लिक रिसोर्सिजमा पब्लिक रेस्पोन्सिबिलिटी हुन्छ । त्यो हिसाबले हाम्रो आचारसंहिताले त्यो खालको अपेक्षा गर्दैन । यसबारे आयोगले थप निर्णय गर्नेछ ।’

बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ०२ बजे

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकामाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति

रूसमा युक्रेनी आक्रमण : १३ जनाको मृत्यु, ७५ घाइते

एजेन्सी– रूसको तातारस्तान क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक बालकसहित

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो