बर्दिबासमा लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

बर्दिबासमा लागूऔषधसहित चार जना पक्राउ


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- इलाका प्रहरी कार्यालय बर्दिबासले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको  छ । विशेष सूचनाका आधारमा बर्दिबासबाट खटिएको प्रहरी टोलीले आज  बर्दिबासस्थित सेन्टर पोइन्ट बोर्डिङ स्कुल नजिकैबाट चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिबास -१४ बस्ने २३ वर्षीय दिनेश साह, सोही ठाउँ बस्ने  २३ वर्षीय पोटा भन्ने रामबाबु महतो र चाकु भन्ने जित बहादुर पूर्वछाने रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले प्रतिबन्धित नाइट्रोभेट-१० लेखिएको एक पत्तामा ३० चक्कीको दरले चार पत्तामा १२० चक्की, पत्ता काटिएको सानो टुक्रामा २ चक्की गरी जम्मा १२२ चक्की बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

उनीहरूलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा नै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख रवि रावलले बताए ।

 

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ६ : ५३ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ