टिजर रिलिजको केही घण्टामै फ्यानले गरे अनमोलको तारिफ « Khabarhub

टिजर रिलिजको केही घण्टामै फ्यानले गरे अनमोलको तारिफ


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘ए मेरो हजुर ३’ को टिजर सार्वजनिक भएको केही घण्टामै फ्यानले अनमोल केसीको तारिफ गरेका छन् ।

झण्डै १ मिनेट १३ सेकेन्ड लामो टिजरमा अनमोलको जोडी सुहाना थापासँग गाँसिएको छ । टिजर हेरेर अनमोलका फ्यानले उनलाई सपोर्ट गर्दै कैयन् कमेन्ट गरेका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्, ‘अनमोल केसी नम्बर वान ।’

यस्तै सविन निरौलाले कमेन्ट गरेका छन्, ‘अनमोल केसीको हरेक गीत, हरेक भिडियो, हरेक फिल्म नछुटाई हेर्ने म मात्रै हो? अनमोल केसी मन पराउने को को हुनुहुन्छ?’, त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘अनमोल र सुहानाको जोडी गज्जब होला जस्तो छ ।’

कतिपयले उनलाई मेगास्टार भनेरै सम्बोधन गरेका छन् ।

त्यसो त फिल्मको टिजरमा पनि अनमोल केसीलाई मेगास्टार भनेरै सम्बोधन गरिएको छ । उनलाई मेगास्टार भनेर सम्बोधन गरेपछि कतिपयले भने अनमोललाई फ्यानले मेगास्टार भनेपनि फिल्मकर्मीले केही फिल्म खेल्दैमा अनमोललाई मेगास्टारको उपाधि दिन नहुने धारणा राखेका छन् ।

नायिका रेखा थापाले यसअघि दुई/चार वटा फिल्म खेल्दैमा कुनै कलाकारलाई पनि मेगास्टार भन्न नहुने धारणा सार्वजनिक गरेकी थिइन् ।

फिल्मको टिजर:

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५८ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ