मोदी र राजापाक्षबीच भेटवार्ता | Khabarhub Khabarhub

मोदी र राजापाक्षबीच भेटवार्ता


२७ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका विपक्षी दलका नेता तथा पूर्व राष्ट्रपति महेन्दा राजापाक्षेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री मोदीको औपचारिक भ्रमणका क्रममा उनीहरुबीच आइतबार भेटवार्ता भएको जनाइएको छ । यसअघि प्रधानमन्त्री मोदीले श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग दुई पक्षीय चासोका बारेमा छलफल गरेका थिए ।

भेटवार्तापछि मोदीले राष्ट्रपतिको कार्यालयमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको सिरिसेनाको सचिवालयले जनाएको छ । राष्ट्रपति सिरिसेना विमस्टेक सदस्य राष्ट्रहरूको एक नेता पनि हुन भने उनी केही दिन अगाडि भएको मोदीको सपथग्रहण समारोहमा सहभागी भएका थिए ।

मोदीले प्रधानमन्त्रीकारूपमा दोस्रो कार्यकालका लागि सपथग्रहण गर्दा विमस्टेकका सदस्य राष्ट्रहरूलाई मात्रै आमन्त्रण गरेका थिए ।
उनको सपथग्रहण समारोह गत मे ३० तारिखका दिन भएको थियो । सपथग्रहणपछि पहिलो विदेश भ्रमणको रुपमा प्रधानमन्त्री मोदी माल्दिभ्स हुँदै श्रीलङ्का पुगेका हुन् ।

प्रकाशित मिति : २७ जेठ २०७६, सोमबार  ८ : ४० बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ