‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’ « Khabarhub

‘विज्ञापन आचारसंहिता नियन्त्रण होइन, नियमनका लागि हो’


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणभन्दा पनि नियमन गर्ने उद्देश्यले  ‘विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज  यहाँ  आयोजित  ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गर्दै विज्ञापन क्षेत्रलाई नियन्त्रण नभई थप स्वच्छ, पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाउनका लागि सरकारले आचारसंहिता ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

उनले भने, ‘अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ ।’ उनले विज्ञापन बोर्डको नीति र विनियमावलीलाई समयअनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने बताए ।

विज्ञापन आचारसंहिता मस्यौदाको विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्तिको आचारसंहिता सम्बन्धमा  ‘कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने तथा अधिकारिकता पुष्टि हुनेगरि मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ’ भनिएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन) का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले दुई दिनसम्म सञ्चालन हुने तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्वलगायतका विषयमा प्रशिक्षण हुने जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ३१ बजे

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण