दक्षिण कोरियामा उत्तरलाई गोप्य सैनिक सूचना चुहाउने दुई पक्राउ | Khabarhub Khabarhub

 दक्षिण कोरियामा उत्तरलाई गोप्य सैनिक सूचना चुहाउने दुई पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उत्तर कोरियालाई गोप्य सैनिक सूचना चुहाएको आरोपमा दक्षिण कोरियामा दुई जना पक्राउ परेका छन् । उत्तर कोरियालाई गोप्य सूचना चुहाएको आरोपमा पक्राउ पर्नेमा एकजना भर्चुअल मुद्रा कम्पनीका प्रमुख र एकजना सैनिक अधिकारी रहेको जनाइएको छ ।

उनीहरुलाई यही महिनाको शुरुमा पक्राउ गरिएको र उनीहरूको पहिचान गोप्य राखिएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरुले भर्चुअल मुद्रा कम्पनीका प्रमुखको नाम ली र सैनिक अधिकारीको नाम क्याप्टेन बी राखेपनि उनीहरूको अन्य विवरण उपलब्ध गराइएको छैन ।

उनीहरुले स्मार्ट घडीबाट जासुसी गर्ने गरेका थिए । बीबीसीले जनाएअनुसार लीले ‘घडीजस्तो गोप्य क्यामेरा’ क्याप्टेन बीलाई पठाएका थिए । सोही घडीबाट क्याप्टेन बीले उत्तर कोरियाका लागि जासुसी गर्ने गरेको बताइएको छ ।

त्यसबाहेक लीले युएसबीजस्तो ह्याकिङ उपकरण पनि क्याप्टेन बीलाई उपलब्ध गराएका थिए । यसबाट अन्य विद्युतीय उपकरणको डेटामा पनि क्याप्टेन बीले सहजै पहुँच पुर्‍याएका थिए ।

गोप्य सूचना दिएको बदलामा उत्तर कोरियाले उनीहरुलाई ठूलो परिमाणमा पैसा उपलब्ध गराएको बताइएको छ । अभियोजनकर्ताले दिएको जानकारी अनुसार सूचना चुहाएबापत क्याप्टेन बीले झण्डै ३८ हजार डलर र लीले साढे ५ लाख डलर क्रिप्टोकरेन्सीमार्फत प्राप्त गरेका थिए ।

पक्राउ परेकाहरुलाई राष्ट्रिय सुरक्षा कानून अनुसार कारवाही गरिने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : १७ बजे

आन्दोलनको अराजकताले विवादमा तानिए कलाकार

काठमाडाैं- नेपालमा तीव्र गतिमा इन्टरनेट सेवाको पहुँच विस्तार भइरहेको छ

आदिनाथको मन्दिरमा मेला : दुई लाख भक्तजन सहभागी

काठमाडौं– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा एक महिनासम्म सञ्चालित मेलामा

काठमाडौंका आठ स्थानमा छठ मनाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाले छठ पर्वका लागि काठमाडौंका आठ स्थानमा व्यवस्थापन

थाइल्यान्डकी मुमा महारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन, राष्ट्र शोकमग्न

बैंकक- थाइल्यान्डकी पूर्वमहारानी तथा वर्तमान राजा महा भाजिरालोङ्कोर्नकी आमा, मुमा

पोखरामा कुटपिटबाट एकको मृत्यु

कास्की– पोखरामा सामान्य विवादमा आज बिहान एक जनाको कुटपिटबाट मृत्यु