रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।

रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो ।

उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि किभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणमा एकजनाको मृत्यु भएको बताएका थिए । यद्यपि त्यसबेला उनले मारिनेको पहिचान भने खुलाएका थिएनन् ।

रुसले किभमा आक्रमण गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । हाल रुसले आक्रमण गरेको स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु