इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु « Khabarhub

इन्डोनेसियामा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए ।

अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरू मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताए । 

दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिएका छन् । खानीमा काम कुल  १४ जना पहिरोमा गाडिएका थिए ।

ती मध्ये दुईजना बाँचेको र मृतकको शवलाई प्रहरीले परिवारलाई फिर्ता गरेको जनाइएको छ  । इन्डोनेशियामा धेरै खानीहरु बिना इजाजतपत्र सञ्चालनमा रहेको बताइएको छ ।

गतवर्ष त्यहाँको सुलावेसी प्रान्तमा अवैधानीक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : २३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले