'आर्टमा व्यापार हावी भयो' | Khabarhub Khabarhub

‘आर्टमा व्यापार हावी भयो’


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता कार्मले थियटरबाट फिल्ममा आउँदा त्यहाँ आर्ट भन्दा पनि व्यापार हावी हुने बताए ।

 थियटर हुँदै फिल्ममा प्रवेश गरेका कार्मले साइकोलोजिकल थ्रिलर फिल्म ‘षट्कोण’ को पत्रकार सम्मेलनमा कुराकानी गर्ने क्रममा थियटरको आर्ट फिल्ममा कमै मात्रामा देखिने बताए ।’थियटरमा काम गर्दा हामी अट्याच हुन्छौँ । त्यहाँ स्टेज बनाउने देखि दुई वा तीन महिना वर्कसप हुन्छ । तर , फिल्ममा त्यसको कमै पाउने गरेको छु’ उनले भने । आफू थियटर झैँ फिल्ममा समय दिन तयार रहेको समेत उनले बताए ।’हामीलाई थियटरमा काम गर्दा आनन्द आउँछ त्यो सत्य हो । त्यहाँ सीमित स्रोत साधनमा त हामीले मेहनत गर्छौँ भने फिल्ममा नगर्ने कुरा नै छैन’ उनले भने । उनले थियटरको एउटा प्लेमा गर्ने मेहनतमा फिल्मको लागि कमै पाउने गरेको अनुभव साटे । 

No description available.

‘फिल्म र मैले पाएको क्यारेक्टरलाई राम्रो हुन्छ भने म वर्कसपमै समय दिन तयार छु । तर, यहाँ त्यसो गरेको पाइदैनु कार्मले भने । कार्म झैँ गुरुकुलबाटै थियटरमा उदाएका अर्का अभिनेता भोलाराज सापकोटाले पनि फिल्ममा अनुशासन कम भएको होकी ? भन्ने विचार राखे । ‘थियटरमा हामीलाई कडा अनुशासन हुन्छ । समयमा पुग्ने, एउटा डिपार्ट हेर्ने र आफ्नो अभिनय गर्ने’ भोलाले भने । कार्म झैँ भोलाले पनि फिल्ममा थियटरको जस्तो मेहनत गर्ने गरेको कमै पाएका रहेछन् । 

कार्म थियटरले आफूलाई छुटै महसुस गराउने बताउँछन् ।’थियटरमा डिरेक्ट अडियन्ससँग जोडिने भएकाले पनि हुनसक्छ , त्यसको छुट्टै आनन्द छ । त्यहाँ काम गरेपछि पुनः केही सिकेको जस्तो अनुभूत हुन्छ’ उनले भने । उनले फिल्ममा पनि आफूले पाएको क्यारेक्टरलाई बलियो बनाउन प्रयास  गर्ने गरेको बताए । उनले फिल्ममा अनुसन्धान गर्ने पत्रकारको भूमिका निर्वाह गरेका छन् । 

उनले यसको लागि एक पत्रकारसँग भेटघाट गरेका थिए ।’मैले एक जना अनुसन्धात्मक पत्रकारिता गरिरहेका व्यक्तिलाई भेटे । विश्वभर त्यसलाई लिएर प्रकाशित भएको लेख पढे । यसकै लागि माइन्ड हन्टर भन्ने फिल्म पनि हेरे’ कार्मले भने । उनले आफ्नो क्यारेक्टरका लागि सक्दो प्रयास गरेको बताए ।भोलाले भने फिल्ममा घर कुरुवाको भूमिका निर्वाह गरेका छन् । 

उनले सानो देखि गाउँमा देख्ने गरेको क्यारेक्टरलाई नै आफूमा ढालेका हुन् । ‘यस किसिमको क्यारेक्टर गाउँमा प्रशस्तै देख्न पाइन्छ । त्यसैले गर्दा पनि मलाई क्यारेक्टरमा ढल्न सहज नै भयो’ भोलाले भने । फिल्मका अर्का कलाकार लोकेन्द्र लेखकले फिल्ममा पुलिस अफिसरको भूमिका निर्वाह गरेको बताए । निर्देशक मिलन डि काप्रिले पत्रकार सम्मेलनमा आफू सहितको टिमले रेगुलर भन्दा केही फरक फिल्म बनाउने प्रयास गरेको बताए। ‘फिल्ममा हिरो हिरोइनको फाइट र नाचगान छैन्, तर कथा सुहाउँदो गीत चाँहि राखेको छु । कथा अनुसार फिल्मलाई तयार गर्ने कोसिस गरेको छु’ निर्देशक मिलनले भने। 

आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, निर्देशक मिलन डि काप्रि लगायतको उपस्थिति थियो । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म यही बैशाख २३ गतेदेखि रिलिज हुनेछ ।

 शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीको सम्पादन रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : ०४ बजे

त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट

जनसम्पर्क समितिलाई ‘स्वर्ण महोत्सव’ मनाउन कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीका नेपाली जनसम्पर्क समितिको

त्रिशूलीको बाढीमा फसेका दुई जनाको सफल उद्धार

काठमाडौं – नुवाकोटको विदुरमा त्रिशूली नदीमा फसेकाको उद्धार नेपाली सेनाले

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनलाई सार्थक निष्कर्षमा पुर्‍याउन कार्यदल गठन गर्ने

पाहुना बोलाउन लाज मान्ने बस्तीमा पक्की सडकले ल्याएको खुसी

सिरहा– सिरहाको सिरहा नगरपालिका– ६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो