जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए « Khabarhub

जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

मेयरका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि प्रमुख दलहरूको चुनावी समीकरणमा कुनै प्रभाव नपर्ने जानकारहरूको भनाइ छ । उम्मेदवारी फिर्ता लिएका दुवै जनाको कुनै खास पार्टीसँग लगाव नभएकोले पनि त्यसको प्रत्यक्ष प्रभाव कुनै दलका उम्मेदवारलाई नपर्ने देखिन्छ ।

जनकपुरधाममा सत्तारुढ गठबन्धनले जसपाका लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धन दलका काँग्रेसबाट जनकपुर नगरसभापति मनोज साह बागी भई उम्मेदवारी दिएका छन् । मनोज साह काँग्रेस पार्टी परित्याग गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत जसपालाई जनकपुरको नेतृत्व गर्न दिएको भन्दै उनी काँग्रेस परित्याग गरेका छन् ।

त्यसैगरी, सत्तारुढ गठबन्धन दलले भागबन्डामा जनकपुरधामको उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाएको छ । त्यस्तै निर्मल चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

चौधरीलाई उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि उनी उम्मेदवारी फिर्ता गरेका छैनन् । चौधरी बिहीबार साँझ कांग्रेस परित्यागको घोषणा गरेका थिए ।

मारवाडी समाजका चौधरी लामो समयदेखि कांग्रेसका सक्रिय रहेका थिए । यस्तोमा उनी बागी भएपछि सत्तारुढ गठबन्धन चुनावी अभियानमा प्रभाव पर्ने निश्चत देखिन्छ ।

नेकपा एमालेबाट पनि मेयर र उपमेयरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । एमालेले मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको छ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहेका रामकेवल साहले मेयर र उमेश चौधरी उपमेयरमा बागी उम्मेदवारी दिएका छन् ।

पार्टीक शीर्ष नेताहरूले यी दुवैलाई उम्मेदवारी फिर्ता गराउन खासै पहल गर्न सकेनन् । एमालेका मेयरका उम्मेदवार हिराले एमालेको दुवै जना बागी लामो समयदेखि पार्टीमा निष्क्रिय  रहेकाले उनीहरूको उम्मेदवारीले आफूहरूलाई खासै प्रभाव नपर्ने दाबी गरेका छन् । त्यसैगरी, लोसपा परित्याग गरी केही दिन अघि मेयरको टिकट पाउन आशमा एमालेमा प्रवेश गरेका जनकपुर ७ का निर्वतमान वडाध्यक्ष जानकीराम साह टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर टिकटकै लागि आएका साहले टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि नेकपा एमालेको चुनावी अभियानमा कुनै फरक नपार्ने हिराको दाबी छ । तर जानकीराम साहले भने आफूलाई एमालेको साथै लोकतान्त्रिक समाजवादी पार्टीका अधिकांश कार्यकर्ताहरूको सर्मथन रहेको दाबी गरेका छन् ।

त्यस्तोमा जानकी रामसाह एमाले र लोसपा दुवै पार्टीका उम्मेदवारलाई प्रभाव पार्न सक्ने सम्भावना रहने स्थानीय नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ५४ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।