जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए « Khabarhub

जनकपुरधाममा १५ जनाले उम्मेदवारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाम उपमहनगरपालिकामा दुई स्वतन्त्र मेयरसहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मेयरका स्वतन्त्र उम्मेदवार वैद्यनाथ साह र नन्दकिशोर भगतले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी, उपमेयरमा विश्वनाथ साह सुडीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्ष ११ र सदस्यमा एक जनाले उम्मेदवारी फिर्ता लिएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

मेयरका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिए पनि प्रमुख दलहरूको चुनावी समीकरणमा कुनै प्रभाव नपर्ने जानकारहरूको भनाइ छ । उम्मेदवारी फिर्ता लिएका दुवै जनाको कुनै खास पार्टीसँग लगाव नभएकोले पनि त्यसको प्रत्यक्ष प्रभाव कुनै दलका उम्मेदवारलाई नपर्ने देखिन्छ ।

जनकपुरधाममा सत्तारुढ गठबन्धनले जसपाका लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । सत्तारुढ गठबन्धन दलका काँग्रेसबाट जनकपुर नगरसभापति मनोज साह बागी भई उम्मेदवारी दिएका छन् । मनोज साह काँग्रेस पार्टी परित्याग गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । पार्टी नेतृत्वले कार्यकर्ताको भावनाविपरीत जसपालाई जनकपुरको नेतृत्व गर्न दिएको भन्दै उनी काँग्रेस परित्याग गरेका छन् ।

त्यसैगरी, सत्तारुढ गठबन्धन दलले भागबन्डामा जनकपुरधामको उपमेयरमा कांग्रेसका किशोरी साहलाई उम्मेदवार बनाएको छ । त्यस्तै निर्मल चौधरीले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

चौधरीलाई उम्मेदवारी फिर्ता गराउन प्रयास गरेपनि उनी उम्मेदवारी फिर्ता गरेका छैनन् । चौधरी बिहीबार साँझ कांग्रेस परित्यागको घोषणा गरेका थिए ।

मारवाडी समाजका चौधरी लामो समयदेखि कांग्रेसका सक्रिय रहेका थिए । यस्तोमा उनी बागी भएपछि सत्तारुढ गठबन्धन चुनावी अभियानमा प्रभाव पर्ने निश्चत देखिन्छ ।

नेकपा एमालेबाट पनि मेयर र उपमेयरमा बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् । एमालेले मेयरमा शिवशंकर साह हिरा र उपमेयरमा रुना झालाई उम्मेदवार बनाएको छ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा सक्रिय रहेका रामकेवल साहले मेयर र उमेश चौधरी उपमेयरमा बागी उम्मेदवारी दिएका छन् ।

पार्टीक शीर्ष नेताहरूले यी दुवैलाई उम्मेदवारी फिर्ता गराउन खासै पहल गर्न सकेनन् । एमालेका मेयरका उम्मेदवार हिराले एमालेको दुवै जना बागी लामो समयदेखि पार्टीमा निष्क्रिय  रहेकाले उनीहरूको उम्मेदवारीले आफूहरूलाई खासै प्रभाव नपर्ने दाबी गरेका छन् । त्यसैगरी, लोसपा परित्याग गरी केही दिन अघि मेयरको टिकट पाउन आशमा एमालेमा प्रवेश गरेका जनकपुर ७ का निर्वतमान वडाध्यक्ष जानकीराम साह टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । तर टिकटकै लागि आएका साहले टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि नेकपा एमालेको चुनावी अभियानमा कुनै फरक नपार्ने हिराको दाबी छ । तर जानकीराम साहले भने आफूलाई एमालेको साथै लोकतान्त्रिक समाजवादी पार्टीका अधिकांश कार्यकर्ताहरूको सर्मथन रहेको दाबी गरेका छन् ।

त्यस्तोमा जानकी रामसाह एमाले र लोसपा दुवै पार्टीका उम्मेदवारलाई प्रभाव पार्न सक्ने सम्भावना रहने स्थानीय नेताहरू बताउँछन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ५४ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य