आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरमा आपतकाल घोषणा « Khabarhub

आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरमा आपतकाल घोषणा


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आपराधिक ग्याङ्गको हिंसा बढ्दै जाँदा ल्याटिन अमेरिकी मुलुक इक्वेडोरमा आपतकालको घोषणा गरिएको छ । ग्याङ्गको हिंसा बढ्दै जाँदा इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरुमा आपतकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति गुलेर्मो लासोले आपतकालको घोषणा गर्दै इक्वेडोरको पश्चिममा रहेका तीन प्रान्तहरु गुयास, मनाबीएज्मेराल्दासमा कर्फ्यू लागू गरिने र यसका लागि हजारौं सैनिक एवम् प्रहरीलाई त्यसतर्फ पठाइने बताएका छन् ।

सो क्षेत्रमा ४ हजार प्रहरी र ५ हजार सैनिक परिचालन गरिने बताइएको छ ।

गत वर्ष राष्ट्रपति बनेयता गुलेर्मो लासोले हिंसा रोक्न आपतकालीन शक्तिको प्रयोग गरेको यो दोश्रो पटक हो । बीबीसीका अनुसार आपतकाल घोषणा गरिएका क्षेत्रमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागू गरिनेछ ।

पछिल्ला केही समययता इक्वेडोरमा आपराधिक ग्याङ्गको हिंसामा उच्च वृद्धि भएको बीबीसीले जनाएको छ । राष्ट्रपति लासोले लागूऔषध तस्करका कारण आफ्नो मुलुकमा हिंसा बढेको बताएका छन् ।

छिमेकी मुलुकहरु कोलम्बिया र पेरुबाट अन्यत्र लागूऔषध तस्करी गर्न तस्करहरुले इक्वेडोरलाई ट्रान्जिट हबको रुपमा प्रयोग गर्दै आएको बताइन्छ ।

यसबाहेक मेक्सिकोका कुख्यात लागूऔषध तस्करहरुको पनि त्यहाँका स्थानीय ग्याङ्गसँग साँठगाँठ रहेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ०२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको