अमेरिकाले जर्मनीमा युक्रेनी सैनिकलाई तालिम दिँदै « Khabarhub

अमेरिकाले जर्मनीमा युक्रेनी सैनिकलाई तालिम दिँदै


१७ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले युक्रेनी फौजलाई तालिम दिन शुरु गरेको छ । अमेरिकी रक्षा प्रशासन पेन्टागनका प्रवक्ता जोन किरबीले युक्रेनी सैनिकलाई जर्मनीमा रहेको अमेरिकी सैनिक आधारमा तालिम दिन थालिएको जानकारी दिएका हुन् ।

‘आज म घोषणा गर्न सक्छु कि अमेरिकाले जर्मनीका महत्वपूर्ण अमेरिकी सैनिक केन्द्रहरुमा युक्रेनी फौजलाई प्रशिक्षण शुरु गरेको छ ।’ किरबीलाई उद्धृत गर्दै कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

उनीहरुलाई अमेरिकाको फ्लोरिडा राज्यको नेशनल गार्डले तालिम दिने पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तोपखाना प्रणाली, रडार प्रणाली र बख्तरबन्द गाडीको उपयोगबारे प्रशिक्षण केन्द्रित रहेको बताइएको छ ।

यद्यपि अमेरिकाले तालिम दिने युक्रेनी सैनिकको संख्या भने केबल ५० को हाराहारीमा रहेको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : ५६ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको