खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा  « Khabarhub

खोटाङमा १ हजार २८१ उम्मेदवार चुनावी मैदानमा 


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङका १० स्थानीय तहका ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि जम्मा १ हजार ३३० जनाले मनोनयन दर्ता गराएकामा उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा आइपुग्दा १ हजार २८१ जनाको उम्मेदवारी कायम भएको हो ।

१० जना अध्यक्ष/प्रमुखका लागि ३९ जना र १० उपाध्यक्ष/उपप्रमुखका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए । ७९ वडाध्यक्षका लागि २७८ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै, हरेक वडामा दुई जनाका दरले निर्वाचित हुने १५८ खुला सदस्यका लागि ४८८ जना, ७९ जना महिला वडा सदस्यका लागि २३० र ७९ जना दलित महिला सदस्यका लागि २१७ जनाको उम्मेदवारी परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा ४ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ५९, वडा सदस्यमा १११, महिला सदस्यमा ४९ र दलित महिला सदस्यमा ४९ जनाको उम्मेदवारी कायम भएको छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा ७ जना, उपप्रमुखमा ३ जना, वडाध्यक्षमा ३६, वडा सदस्यमा ६२, महिला सदस्यमा ३० जना र दलित महिला सदस्यका लागि २९ जना चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, साकेला गाउँपालिका अध्यक्षमा ३, उपाध्यक्षमा ४, वडाध्यक्षमा २० जना, वडा सदस्यमा ३८, महिला सदस्यका लागि १७ र दलित महिला सदस्यका लागि १४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा ६ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा ३० जना, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ जना र दलित महिला सदस्यमा २१ जना, खोटेहाङ गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २५ जना, वडा सदस्यमा ४२, महिला सदस्यमा २१ र दलित महिला सदस्यमा १९ जना चुनावी मैदानमा छन् ।

यस्तै, रावाबेँसी गाउँपालिका अध्यक्षमा ४ जना, उपाध्यक्षमा ४ जना, वडाध्यक्षमा २७, वडा सदस्यमा ३५, महिला सदस्यमा १६ र दलित महिला सदस्यमा १८, ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा ५, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ३८, महिला सदस्यमा १९ र दलित महिला सदस्यमा १८ जना, बराहपोखरी गाउँपालिका अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा १७, वडा सदस्यमा ३८, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १४ जनाको उम्मेदवारी कायम भएको छ ।

केपिलासगढी गाउँपालिकामा ३ जना, उपाध्यक्षमा ३, वडाध्यक्षमा २३, वडा सदस्यमा ४६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा २२, जन्तेढुंगा गाउँपालिकामा प्रमुखमा ३ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्ष १८, वडा सदस्य ३२, महिला सदस्यमा १५ र दलित महिला सदस्यमा १३ चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४९ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो