त्रिपक्षीय भिडन्तको सङ्घारमा अफगानिस्तान | Khabarhub Khabarhub

त्रिपक्षीय भिडन्तको सङ्घारमा अफगानिस्तान


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तानका एक भूतपूर्व आर्मी जनरलले पूर्व सेना र राजनीतिज्ञ तालीवान विरुद्ध युद्धको तयारीमा रहेको जानकारी दिएका छन्। तथापि उनले युद्धका लागि जनता भने तयार नभएको र अझै लामो समय युद्धको सामना गर्दा जनजीवनमा पर्नसक्ने अप्ठेरोको कारण आत्तिएका समेत जानकारी दिएका छन्।

लेफ्टिनेन्ट जर्नल सामी सदातले तालीवानको आठ महिने शासनकाललाई हेर्दा सैन्य शक्ति सहितको विद्रोहको विकल्प नभएको प्रतिक्रिया दिएका छन्। उनले अर्को महिना इदको समाप्तिपछि देश फर्किने योजना रहेकोसमेत बताए।तालीवानले देश कब्जामा लिएपछि उनी विदेसिएका हुन्। उनले आफू फर्केपछि युद्धको घोषणा हुनसक्ने समेत जानकारी दिएका छन्।

लेफ्टिनेन्ट जर्नल सामी सदातले तालीवानको आठ महिने शासनकाललाई हेर्दा सैन्य शक्ति सहितको विद्रोहको विकल्प नभएको प्रतिक्रिया दिएका छन्।

गत अगस्टमा तालीवानले सत्ता रोहणको यात्रा तीव्र गतिमा भएको थियो। अतिवादी इस्लामिक सङ्गठनले अमेरिकाको नेतृत्वमा रहेको नाटोको सेनाले त्यस देश छाडेको १० दिनमा नै सत्ता कब्जा गरेको थियो। यस अगाडि २० वर्ष नाटो सेना अफगानिस्तानमा रहेर त्यहाँको सेनालाई साथ दिएको थियो।

ती लेफ्टिनेन्ट जनरलले अफगानिस्तानलाई तालीवानबाट मुक्ति दिलाएर फेरी प्रजातान्त्रिक शासन व्यवस्था कायम गर्न कुनै कसर बाँकी नराख्ने जनाएका छन्। ‘हामी हाम्रो अधिकार नपाएसम्म युद्ध गरी रहने छौं,’ उनले भने। तर, उनले युद्धको सुरुवात हुने दिनको खास समय सीमा भने बताएका छैनन्।

ती जनरलले तालीवान्ले लागु गरेको मानवता विरोधी र प्रजातन्त्र विरोधी कानुनका कारण पनि विद्रोहमा उत्रन पर्ने अनिवार्य रहेको बताएका छन्। तालीवानले महिला तथा बालिकामाथि लादेको कठोर कानुनका कारण यो सत्ता तत्कालका लागि अन्त्य हुनु पर्ने धारणा उनको छ।

‘अफगानिस्तानको यो आठ महिने शासनकाल हेर्ने हो भने धर्मका नाममा भएको प्रतिबन्ध, गलत व्याख्या र राजनीतिक स्वार्थका लागि धार्मिक ग्रन्थ कुरानको गलत व्याख्याबाहेक केही पनि देखेनौ,’ सादातले भने।
सादातले तालिवान परिवर्तन हुन्छन् कि भनेर १२ महिना हेर्ने योजना बनाएका थिए। उनी अगाडि भन्छन्, ‘दुर्भाग्यवश तालीवान मानिसलाई यातना दिने, मार्ने, बेपत्ता गराउनेबाहेक केही नयाँ गर्न सकेनन्। खाद्य सङ्कट र कुपोषणले अफगानिस्तानमा ठूलो सङ्कट पनि देखिइसकेको छ। उनले आफूले यसबारेमा केही सोच्न पर्ने बेला आएको भन्दै अफगानिस्तानबाट थुप्रै सन्देश आएको समेत बताएका छन्।

अहिले एकातर्फ अफगानिस्तान आर्थिक सङ्कटबाट गुज्रिएको छ भने थुप्रै जना लामो समयको युद्धबाट आजित पनि भइसकेका छन्। एकातर्फ आर्थिक सङ्कट र गरिबी अर्कोतर्फ युद्धको चपेटामा पर्ने डर।

अहिले एकातर्फ अफगानिस्तान आर्थिक सङ्कटबाट गुज्रिएको छ भने थुप्रै जना लामो समयको युद्धबाट आजित पनि भइसकेका छन्। एकातर्फ आर्थिक सङ्कट र गरिबी अर्कोतर्फ युद्धको चपेटामा पर्ने डर। धेरै जनाले त सम्भव भएसम्म विदेशिनुलाई नै सबैभन्दा उपयुक्त विकल्प ठान्ने गरेका छन्। संयुक्त राष्ट्र सङ्घले अहिले अफगानिस्तानमा लाखौँ जना कुपोषणको सिकार भएका छन्।

ग्रामीण क्षेत्रमा रहेका धेरै जना भने तालीवानको विरुद्धमा नेटोले युद्ध गरे सही हुने धारणा राख्न थालेका छन्। अहिले युद्ध सकिएको कारण विदेशिएका आफन्तलाई भेट्ने चाहना पनि उनीहरूको जाग्न त थालेको छ । तर, त्यो कुपोषण र गरिबिको बीचको जिन्दगीबाट निकास पाउने उपाय भनेकै अर्को युद्ध भएको उनीहरूले स्वीकार गर्न थालेका छन्।

तालिवानले अफगानिस्तान कब्जा गर्नु भन्दा अघिको अन्तिम महिनामा लेफ्टिनेन्ट जर्नल सादात दक्षिण प्रान्तमा हमादमा अफगानी सेनाको नेतृत्व गरिरहेका थिए। उनलाई सर्वसाधारणको ज्यान जाने गरी थुप्रै हमला गरेको आरोप पनि लागेको छ। तथापि उनले यसलाई अस्वीकार गरेका छन्।

गत अगस्टमा उनी सेनाको प्रमुख जिम्मेवारी सम्हाल्ने गरी काबुल पुगेका थिए। राष्ट्रपति अस्राफ घानीले देश छाडे लगत्तै उनलाई पनि बर्खास्त गरिएको थियो। तालीवानले सत्ता लिएपछि पनि उनले तालीवानको सन् १९९० को तानासाही स्वरूप भन्दा फरक स्वरूपको अपेक्षा गरेका थिए।

तालिवानले अफगानिस्तान कब्जा गर्नु भन्दा अघिको अन्तिम महिनामा लेफ्टिनेन्ट जर्नल सादात दक्षिण प्रान्तमा हमादमा अफगानी सेनाको नेतृत्व गरिरहेका थिए। उनलाई सर्वसाधारणको ज्यान जाने गरी थुप्रै हमला गरेको आरोप पनि लागेको छ।

उनले त्यसै समयमा आफू तालिवानको विरोधी नभएको बताउँदै अफगानिस्तान तालिवानका लागि मात्र हो या सबैका लागि हो भन्ने तय गर्न समय कुनुपर्ने बताएका थिए। पछिल्लो समय पूर्वजनरलको त्यो अडियो म्यासेज सञ्चार माध्यममा एकाएक लिक भएपछि तालीवान पनि स्वाभाविक रूपले शसङ्कित भएको छ।

अहिले पनि तालीवान विरुद्धको यो घोषणामा छिमेकी देशको भूमिका कस्तो रहने ? भन्ने प्रश्न उठ्न थालेको छ। विगतमा तालीवान लगायत विद्रोही शक्तिले गरेको सङ्घर्षमा छिमेकी देशको पनि सहयोग र भूमिमा रहने गरेको थियो। सैन्य तथा आर्थिक सहयोग अन्य देशबाट भित्रने गरेका थुप्रै उदाहरण पाउन सकिन्छ।

लेफ्टिनेन्ट जर्नल सादात र उनका सहयोगीको तयारी कस्तो छ ? भन्ने बारेमा कसैले अनुमान गर्न सकेका छैनन्। अहिले थुप्रै स्थानीय समूह पनि तालीवानलाई बर्खास्त गर्ने योजनाका साथ एकत्रित भएका छन्। तिनीहरुको मत पनि जातीय सङ्गठनका नाममा विभाजित छ। केहीको विपक्षी सेनासँग पनि सम्बन्ध छ।

३७ वर्षको उमेरमा त्यहाँको कान्छो जनरल भएका उनी बेलायतलगायत अन्तर्राष्ट्रिय सैन्य प्रतिष्ठानमा अध्ययन गरेका व्यक्तित्व थिए। उनको व्यक्तित्वको करिश्माले आर्मीको गतिविधिमा नै असर गरेको थियो।

जनरल सादातको सबैभन्दा बलियो विपक्षी शक्ति मानिएको नेसनल रेसिस्टेन्ट फ्रन्ट (एनआरएफ)सँग सम्बन्ध भएको जनाइन्छ। एनआरएफको नेतृत्व दिवङ्गत कमान्डर अहमद साह मसुदका छोरा अहमद मसुदले गरेका छन्। ‘मैले भाइ अहमद मसुदसँग सम्पर्क गरीसकेको छु। उनले अन्य शक्तिलाई पनि सहयोग गर्ने छन्,’ लिक भएको अडियो सन्देशमा सादातले भनेका छन्। उनले आफूलाई देशभक्त अफगानले सहयोग गर्ने पनि बताएका छन्। उनले कुनै पनि विदेशीले सहयोग नगरेको तथा सहयोगको अपेक्षा पनि नरहेको बताउँदै आएका छन्।

३७ वर्षको उमेरमा त्यहाँको कान्छो जनरल भएका उनी बेलायतलगायत अन्तर्राष्ट्रिय सैन्य प्रतिष्ठानमा अध्ययन गरेका व्यक्तित्व थिए। उनको व्यक्तित्वको करिश्माले आर्मीको गतिविधिमा नै असर गरेको थियो। उनी आफूसहित समावेश भएको विगतका प्रशासनमा थुप्रै कमजोरी रहेको स्वीकार गर्छन्। अफगानिस्तानको भ्रष्ट राजनीति र अमेरिकी नीतिका कारण अझ अप्ठेरो स्थिति आएको उनले बताएका छन्। उनी अहिले पनि अमेरिकाले अफगानिस्तान छाड्न गरेको निर्णय र अहिले युक्रेनमा रुसी आक्रमण भइरहँदा अमेरिकाको भूमिकामा असन्तुष्ट छन्। उनी अहिले पनि नाटोसहितका पश्चिममा नेताको सम्पर्कमा छन्।

अमेरिकी प्रशासन सहितका अन्य पश्चिमासँग असहमति व्यक्त गर्दै उनले भन्ने एउटै कुरा हो, ‘हामीले चाहेको जसरी अफगानिस्तानको समस्याको अन्त्य भएन।’ उनले यस परिवेसमा कोही पनि खुसी हुन नसक्ने आशयको अभिव्यक्ति दिइसकेका छन्। उनले युक्रेन पनि नाटोको विश्वास गरेकै कारण कुनै दिन तल पर्न सक्ने चेतावनी दिएका छन्। ‘उनीहरू आफ्नो समूहकालाई राम्रोसँग पकडमा राखेका छन्। तर, उनीहरूमाथि धेरै विश्वास गर्नु पनि घातक हुन सक्छ।’

अहिले अफगानिस्तानमा इस्लामिक इस्टेट (आइएस)को पनि उपस्थिति छ। आइएसको आशय अहिले तालीवान भएको भन्दा पनि बढी कठोर इस्लामिक सत्ताको स्थापना हो। यो समूह र तालीवानको गतिविधिले ग्रामीण भेगका धेरै जना अहिले उत्तिकै मारमा परेका छन्।अहिले अहमद मसुद इरानमा बसोबास गरिरहेका छन्। इरानबाटै उनले बारम्बार अफगानिस्तानमा अर्को युद्ध हुन सक्ने र आफू यसका लागि तयार भइसकेको अभिव्यक्ति दिइसकेका छन्।

अहिले पनि अमेरिकाले अफगानिस्तान छाड्न गरेको निर्णय र अहिले युक्रेनमा रुसी आक्रमण भइरहँदा अमेरिकाको भूमिकामा असन्तुष्ट छन्। उनी अहिले पनि नाटोसहितका पश्चिममा नेताको सम्पर्कमा छन्।

‘लायन अफ पन्जसिर’को उपमा पाएका अहमद साह मसुदको २००१ मा अलकाइदाले ट्वीन टावर आक्रमण गर्नु दुई दिन अगाडी मात्र तालीवानबाट हत्या भएको थियो। यसपछि नै छोरा अहमद मसुदले तालीवानको विरुद्धमा सशस्त्र जत्थाको मानसिकतामा थिए। तर, सेप्टेम्बर ११ पछि नाटो सहितको अमेरिकी सेनाले अफगानिस्तानमा प्रवेश गरेपछि उनको सैन्य शक्तिको आवश्यकता नै परेको थिएन। एनआरएफ बलियो शक्ति भएको दाबीसहित उनले युद्धको आधारसमेत तयार भएको विभिन्न सञ्चार माध्यमलाई बताइसकेका छन्।

अहिले तालीवानको सत्तापछि छाएको युद्ध सकिएको आभास धेरैलाई भए पनि अफगानिस्तान नयाँ युद्धको चरणमा भएको प्रस्ट देखिएको छ। गरिबी, भोकमरी र अभावमा छटपटाएको अफगानिस्तानमा प्रजातन्त्र चाहने एनआरएफ नेतृत्वको शक्ति, आइएस र तालीवानको त्रिपक्षीय भिडन्तको मार त अझै पनि त्यहाँका बासिन्दाले खेप्नु नै पर्ने छ।
श्रोत: बीबीसी, फ्रान्स२४डटकम

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : २५ बजे

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति पोखरेलले लिए शपथ 

मोरङ – मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त भएका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक

भागदौडमा ज्यान गुमाएका परिवारलाई पुष्पा-२ टिमले २ करोड दिने

हैदराबाद- तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २- द रुल’

सङ्खुवासभाबाट ३४ करोड बढीको सुन्तला बिक्री

किमाथांका- जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री

वैज्ञानिकले बनाए फोक्सोको स्क्यान गर्ने प्रविधि 

काठमाडौं– वैज्ञानिकहरूको टोलीले फोक्सो स्क्यान गर्ने नयाँ विधि विकास गरेका