‘हनी बनी’ बाट अलग भए अनमोल « Khabarhub

‘हनी बनी’ बाट अलग भए अनमोल


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धूपौरे’ आदि फिल्म पनि सम्झौता पछि छाडेका अनमोल केसीले दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘हनी बनी’ पनि छाडेका छन् । 

निर्देशक दिवाकर भट्टराईले अनमोल फिल्ममा नरहने खबर पुष्टि गरे । योसँगै फिल्मबाट मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध भएकी सारा सिरपाइली पनि फिल्ममा नरहने दिवाकर भट्टराई जानकारी गराए।

निर्देशक दिवाकर भट्टराईले सहमतिमै आफूहरू फरक बाटो लागेको जानकारी दिएका हुन् ।

दिवाकरका अनुसार अनमोल फिल्मको कार्यशालामा पनि केही दिन बसेका थिए । तर सुटिङ नजिकिँदै जाँदा उनले त्यो चरित्र निर्वाह गर्न सक्ने कुरामा शंका व्यक्त गर्न थालेपछि निर्माण टिम र अनमोलबीच फिल्म नगर्ने व्यवहारिक सहमति भएको हो । 

 दिवाकरले फिल्ममा अनमोललाई प्रतिस्थापन गर्ने कलाकार पनि लगभग फाइनल भएको र कागजी सम्झौतापछि सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  २ : ३६ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय