बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै ओली, गोर्खा भर्ती खारेजीबारे कुरा गर्न सुझाव « Khabarhub

बेलायती प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै ओली, गोर्खा भर्ती खारेजीबारे कुरा गर्न सुझाव


२८ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता गर्दै छन् ।

प्रधानमन्त्री ओलीले बेलायती समकक्षी मेसहित अन्य विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

बेलायती प्रधानमन्त्रीसँगको भेटवार्तामा ओलीले भूतपूर्व बेलायती गोर्खा सैनिकको पेन्सनसँग सम्बन्धित विवाद र उनीहरुका समस्याका विषयमा कुरा गर्ने जनाइएको छ ।

प्रधानमन्त्री ओलीको युरोप भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूतपूर्व गोर्खा सैनिकको समस्याका विषयमा बेलायती प्रधानमन्त्रीसँग कुरा हुने बताएका थिए ।

नेकपा नेता भीम रावलले भने बेलायती गोर्खा सैनिकको भर्ती खारेज गर्ने विषयमा छलफल गर्न आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्चाल ट्वीटरमा स्टाटस लेख्दै रावलले भनेका छन्, ‘प्रधानमन्त्रीको बेलायत भ्रमणको अवसरमा विगतमा निरंकुश ब्यवस्थाले थोपरेको अपमानजनक गोर्खा भर्ती सन्धिको पुनरावलोकन गर्दै खारेजीको प्रस्ताव राख्नु र भूतपूर्व गोर्खाहरूले उठाएका समस्याहरूको समाधान खोज्न बेलायती प्रधामन्त्रीसंग कुरा गर्नु उचित हुनेछ ।’

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलबार  ११ : ०० बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा