भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट बच्यो, आँधीबीच अवतरण गर्दा १७ घाइते « Khabarhub

भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट बच्यो, आँधीबीच अवतरण गर्दा १७ घाइते


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ ।

आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा १७ जना घाइते भएको भारतको एनडीटीभी समाचार च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा १४ जना यात्रु र चालक दलका ३ सदस्य रहेको एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको जनाइएको छ । आँधीले विमान हल्लिएपछि क्याबिनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको हो ।

‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो’ एक यात्रुले एनडीटीभीलाई भने । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ०६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय