भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट बच्यो, आँधीबीच अवतरण गर्दा १७ घाइते | Khabarhub Khabarhub

भारतमा स्पाइस जेटको विमान दुर्घटनाबाट बच्यो, आँधीबीच अवतरण गर्दा १७ घाइते


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- भारतको मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरका लागि उडेको स्पाइस जेट बोइङ बी ७३७ विमानले अवतरणको क्रममा ठूलो आँधीको सामना गरेको छ ।

आँधीबीच चालकले विमानलाई सुरक्षित अवतरण गराएका थिए । आकस्मिक अवतरणका क्रममा १७ जना घाइते भएको भारतको एनडीटीभी समाचार च्यानलको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा १४ जना यात्रु र चालक दलका ३ सदस्य रहेको एनडीटीभीले जनाएको छ । दुर्गापुरस्थित काजी नजरूल इस्लाम एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान तुफानमा फसेको थियो ।

दुर्घटनामा केही यात्रुको टाउकोमा चोट लागेको जनाइएको छ । आँधीले विमान हल्लिएपछि क्याबिनका सामान खस्दा यात्रुको टाउकोमा चोट लागेको हो ।

‘ओर्लने क्रममा तीन ओटा झट्का लागेको थियो’ एक यात्रुले एनडीटीभीलाई भने । नागरिक उड्यन महानिर्देशनालयले दुर्घटनाबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनाप्रति स्पेस जेटले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : ०६ बजे

पत्रकार गौतमको पुस्तक ‘प्रवासका फुलहरु’ बेल्जियममा विमोचन

काठमाडौं– लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो सुरुवात

काठमाडौं– पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो सुरुवात गरेको छ । टेस्ट

वर्षाका कारण सुनसरीमा १७ करोड मूल्य बराबरको क्षति

धरान– वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै १७ करोड ११

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौं– महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल

झगडापछि बिरामी परेका एक युवकको मृत्यु

दोलखा – यहाँको बिगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको