आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालतमा | Khabarhub Khabarhub

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालतमा


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च अदालत पुगेका हुन् ।

उनीहरूले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन् । सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् । रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयता क्रममा तेस्रो नम्बरमा रहेका एआईजी सिंहलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, गृह मन्त्रालयको बढुवा सिफारिस समितिले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई सिफारिस गरेको थियो । तर, तेस्रो नम्बरमा रहेका सिंहलाई सरकारले आईजीपीमा बढुवा गरेको थियो ।

यस विषयमा गृह मन्त्रालयले भने स्पष्टीकरण दिइसकेको छ । आईजीपी नियुक्तिमा उमेर मात्र आधार नहुने गृह सचिव टेकनारायण पाण्डेले प्रष्ट पारे । नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृह सचिव पाण्डेले नियुक्तिमा ज्येष्ठतालाई मात्र आधार नमानिने उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : २६ बजे

राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबारदेखि सुरु

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय  कार्यकारिणी समितिको बैठक शनिबारदेखि

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

काठमाडौं– नेपाल व्यवस्थापन सङ्घ (म्यान) ले आयोजना गरेको एक कार्यक्रममा

चितवनमा चीन–नेपाल कृषि तालिम : हाइब्रिड धानबाट उत्पादन बढाउने आशा

चितवन– चितवनमा १०० भन्दा बढी किसानले चीन–नेपाल दक्षिणी कृषि विज्ञान

भक्तपुरमा मनाइयो नारायण दीप यात्रा (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तपुरमा नारायण दीप यात्रा गरिएको छ

पहिरोले धादिङबेसी मलेखु सडक अवरुद्ध

मलेखु – जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक