आजका समाचार : न्यूयोर्क पुगे प्रधानमन्त्री, ट्रम्पको रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल, भुक्तानी तथा फर्स्योट विधेयक स्वीकृत र अफगान-पाक सीमामा फेरि तनाव « Khabarhub

आजका समाचार : न्यूयोर्क पुगे प्रधानमन्त्री, ट्रम्पको रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल, भुक्तानी तथा फर्स्योट विधेयक स्वीकृत र अफगान-पाक सीमामा फेरि तनाव


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकबाट ‘भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको छ ।

बैठकमा प्रधानमन्त्रीको कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले प्राप्त सुझाव ग्रहण गर्दै दफावार छलफलका क्रममा सम्बन्धित समितिमा थप छलफल गरिने बताए।

उनले प्रणालीगत तरलतालगायत विषयमा विद्यमान संरचनाले सम्बोधन गर्न नसकेकाले अर्थतन्त्रको सुधारको प्रयासका रूपमा यो विधेयक ल्याएको बताए।

छलफलमा सांसदहरू सुशील खड्का, नीतिमा भण्डारी कार्की, प्रेमलाल चौधरी, कृष्णहरि बुढाथोकी, गणेश पौडेल, निनुकुमारी कर्ण, प्रेमबहादुर बयक, मधुकुमार चौलागाईँ, एशुदाकुमारी बराल र परशुराम तामाङले भाग लिएका थिए । उनीहरूले विदेशी डिजिटल भुक्तानी नेपालमा आउनु स्वागत भए पनि त्यसबाट नेपाललाई हुने लाभ र सुरक्षित कारोबारबारे स्पष्ट हुनुपर्नेमा जोड दिए ।

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

महामन्त्री पौडेलको प्रमुख आतिथ्यतामा कांग्रेस काठमाडौं महानगर अधिवेशन सुरु

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय : इटहरीमा असोज १४ देखि २० गतेसम्म

संसद्‍मा ऊर्जामन्त्रीको जवाफ- हार मानेका छैनौँ, बाढीमा बेपत्ताको खोजकार्य रोकिँदैन

राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह

‘न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर’

न्यायपालिका स्वेच्छाचारी र निरङ्कुशतातर्फ अग्रसर भयो : सांसद चौलागाई

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाइने छ : अर्थमन्त्री वाग्ले

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’


बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण

 नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटारस्थित प्रयोगशालामा डीएनए प्रोफाइलिङ भइरहेको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्रै नभ्याएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले पनि परीक्षण थालेको हो।  यसमा चीनले प्राविधिक सहयोग गरेको छ । नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ । 

चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक प्रविधि, उपकरण तथा सामग्रीको सहयोगमा चिनियाँ विशेषज्ञको टोली नास्टमा डीएनए परीक्षणमा सक्रिय भएको छ।

नास्टमा हालसम्म ८०५ वटा हड्डीका नमूना प्राप्त भएका छन्। तीमध्ये ७९८ वटा नमूना परीक्षण प्रक्रियामा रहेको र ५२२ वटाको परीक्षण सम्पन्न भइसकेको छ।  

पत्रकारितालाई मर्यादित एवं व्यावसायिक पेसा बनाइनुपर्नेमा जोड

डब्लुडब्लुएफ नेपालद्वारा डेढ करोड सहयोग

प्राधिकरणमा पदभार ग्रहण गर्दै दीर्घायुको पहिलो बचन : बिजुली कटौती हुन दिँदैनौँ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आयोजित रात्रिभोजमा परराष्ट्रमन्त्री खनाल सहभागी
परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन्।

न्युयोर्कमा जारी महासभाको उच्चस्तरीय सप्ताहका क्रममा राष्ट्रपति ट्रम्पले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता थियो। सो कार्यक्रममा परराष्ट्रमन्त्री खनाल नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका हुन्।

मन्त्री खनालले महासभाको ‘साइडलाइन’मा विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता जारी राखेका छन्। भेटवार्ताका क्रममा उनले नेपालमा हालै गएको बाढी-पहिरोबाट भएको क्षति, जलवायु न्याय, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगलगायतका विषयमा गहन छलफल गरिरहेका छन्।

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’

परराष्ट्रमन्त्री खनाल स्वागत समारोहमा सहभागी

 बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने
सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गर्ने तयारी गरेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी केही दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ‘ट्रयाक’को काम केही दिनका लागि स्थगित गरेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको जानकारी दिए ।

‘सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात सञ्चालनलाई सुरक्षित र सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने।
 
मन्त्री लम्सालले सम्भावित वर्षा तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै यात्राका क्रममा सतर्कता अपनाउन र अनावश्यक जोखिम नलिन सम्पूर्ण यात्रु तथा सर्वसाधारणमा अनुरोध गरेका छन्। 

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

कान्ति राजमार्ग र भैँसे–भीमफेदी–कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अफगान-पाक सीमामा फेरि तनाव

पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगानिस्तानको सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । अफगानिस्तानले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ ।

पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो ।

पाकिस्तानी सेनाले जवाफी कारबाहीमा अफगानिस्तानमा शासन चलाइरहेको तालिबानको सेनाका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको दाबी गरेको छ ।

चार जना स्थानीय अधिकारीका अनुसार पक्टिया र नङ्गरहार प्रान्तमा अफगान सीमाबाट आतङ्कवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेका थिए । पाकिस्तानले पाकिस्तानी तालिबानका लागि प्रयोग गर्ने ‘फितना–उल–खवारीज’ नामले उनीहरूलाई सम्बोधन गर्दै आएको छ ।

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द

ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

सी जिनपिङको तीनदिने अमेरिका भ्रमण सुरु

जलवायु न्याय र वित्तीय सहयोगमा गुटेरेसको जोड

इरानद्वारा ट्रम्पको धम्कीलाई प्रचारको औजारको संज्ञा

फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको कारबाही

जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ बेपत्ता

बंगालको खाडीमा बन्दै शक्तिशाली मौसमी प्रणाली, आज राति आन्ध्र-ओडिशा तटमा पुग्ने




















प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : ५३ बजे

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र