काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकमा जारी रुसी आक्रमणका कारण विश्वभर खाद्य संकट आउने चेतावनी दिएका छन् ।
अष्ट्रेलियन टेलिभिजनको ६० मिनेट्स कार्यक्रममा बोल्दै राष्ट्रपति जेलेन्स्कीले विश्वभर खाद्य संकट आउने चेतावनी दिएका हुन् ।
उनले कृष्ण सागरमा रहेका युक्रेनी बन्दरगाहमा रुसी फौजले नाकाबन्दी लगाएका कारण युक्रेनले करोडौं टन अन्न गुमाएको समेत बताए । यसकारण युरोप, एसिया र अफ्रिका प्रभावित हुने उनको चेतावनी छ ।
‘रुसले पानीजहाजलाई आउन पनि दिँदैन, जान पनि दिँदैन, यसले अहिले कृष्ण सागर कब्जा गरेको छ ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
‘रुसले हाम्रो मुलुकको अर्थतन्त्रलाई पूर्ण रुपमा रोक्न चाहन्छ ।’ उनले भने । युक्रेन विश्वको प्रमुख अन्न तथा अन्य खाद्य पदार्थको निर्यातकर्ता मुलुक हो ।
प्रतिक्रिया