कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी « Khabarhub

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् ।

‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार मानवरहित हवाई उपकरण ‘ड्रोन’ ले आक्रमण गरेको युक्रेनी पक्षको दाबी छ । आक्रमणका क्रममा खिचिएको भनिएको भिडियोमा दुई युद्धपोतमा क्षेप्यास्त्र आक्रमण भएको देखिन्छ ।

यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।

यसबारे रुसी पक्षले कुनै टिप्पणी नगरेको बताइएको छ । गत महिना युक्रेनले कृष्ण सागरकै तटनजिक रुसी फौज अन्तर्गतको कृष्ण सागरीय नौसेनामा तैनाथ मोस्कवा युद्धपोत ध्वस्त पारेको दाबी गरेको थियो ।

रुसी पक्षले मोस्कवा ध्वस्त भएको पुष्टि गर्दै आगलागीका कारण दुर्घटना भएको जनाएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५४ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो