भारतीय सर्वोच्च अदालतको आदेश- ‘कसैलाई पनि जबरजस्ती खोप नलगाउनू’ « Khabarhub

भारतीय सर्वोच्च अदालतको आदेश- ‘कसैलाई पनि जबरजस्ती खोप नलगाउनू’


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सर्वोच्च अदालतले एउटा महत्वपूर्ण फैसला गर्दै कसैलाई पनि जबरजस्ती खोप नलगाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय एल नागेश्वर राव र बीआर गवाईको संयुक्त इजलासले यस्तो फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय संविधानको धारा २१ का आधारमा सर्वोच्चले यस्तो फैसला सुनाएको भारतीय अखबार हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

भारतीय संविधानको धारा २१ मा कानूनले तोकेको बाहेक कसैलाई पनि बाँच्ने अधिकार एवम् व्यक्तिगत स्वतन्त्रताबाट बञ्चित गर्न नहुने उल्लेख छ ।

भारतीय संविधानले शारीरिक स्वतन्त्रता तथा मर्यादा रक्षा गर्ने ठहर गर्दै सर्वोच्च अदालतले कसैलाई पनि इच्छाविपरीत खोप नलगाउन फैसला सुनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘कसैलाई पनि खोप लगाउन बाध्य पार्न सकिँदैन’ सर्वोच्चले भनेको छ ।

यद्यपि भारत सरकारको वर्तमान खोप नीति अनुचित नभएको सर्वोच्चको फैसला छ । यसबाहेक अदालतले खोपको नकरात्मक असरबारे रिपोर्ट तयार पार्न पनि केन्द्र सरकारलाई निर्देशन दिएको बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड संक्रमितहरूको संख्या फेरि बढेको छ । केही साताअघि निरन्तर घटेको संक्रमण पछिल्ला दिन फेरि बढ्न थालेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ६ : ०३ बजे

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या : थप तीनजालाई समात्यो प्रहरीले

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका–६ पैयुटारमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो

ईश्वरी हत्याकाण्ड : डिभोर्सको अन्तिम चरणमा सम्पत्ति बाँडफाँटमा असन्तुष्टि

काठमाडौं– कुमार थापा मगरले ईश्वरी भुजेलसँग सानै उमेरमा प्रेम बिवाह

‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’

काठमाडौं– नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा

कीर्तिपुरको होल्डिङ सेन्टरमा जन्मेको शिशुलाई निमोनिया, आईसीयूमा उपचार हुँदै

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरमा जन्मिएका एक नवजात शिशुमा निमोनिया

युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा

तेहरान- पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी इरानका विदेशमन्त्री अब्बास अराघचीसँग