आफू राजनीतिमा नै सक्रिय रहेको सिर्जना सिंहको भनाई  « Khabarhub

 आफू राजनीतिमा नै सक्रिय रहेको सिर्जना सिंहको भनाई 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफूले राजनीति नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छिन् ।

कांग्रेस सुदूरपश्चिम–काठमाडौं महानगरपालीका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका विषयमा अफवाह फैलाइरहेको भन्दै आफू राजनीतिमा नै सक्रिय रहेको बताएकी हुन् । 

राजनीतिक र घरलाई संगै अघि बढाउनुपर्दा पदमा मात्र नबसेको उनको भनाई छ । उनले नेपाल महिला संघ र महिला अधिकारकर्मीले आफूलाई अगाडि आउन प्रेरित गरेकाले आफूले अहिले मेयर पदमा उम्मेदवारी दिएको धारणा राखिन् ।

सिंहले पार्टीले प्रस्ताव गरेपछि संकल्प तयार पारेको उल्लेख गरिन् । उनले महानगरलाई सुशासनका साथै चुस्त सेवा प्रदान गरिने बताइन् । 

उनले आफूले सार्वजनिक गरेका संकल्पहरुलाई पुरा गरेरै छाड्ने पनि बताइन् । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २६ बजे

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष

कांग्रेसले आज देशभर पालिका अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज देशभर पालिका तहको अधिवेशन गर्दैछ ।