आफू राजनीतिमा नै सक्रिय रहेको सिर्जना सिंहको भनाई  | Khabarhub Khabarhub

 आफू राजनीतिमा नै सक्रिय रहेको सिर्जना सिंहको भनाई 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले आफूले राजनीति नछाडेको भन्दै पदमात्र नलिएको बताएकी छिन् ।

कांग्रेस सुदूरपश्चिम–काठमाडौं महानगरपालीका चुनाव प्रचार–प्रसार तथा परिचालन समितिले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सिंहले आफ्नो उम्मेदवारीका विषयमा अफवाह फैलाइरहेको भन्दै आफू राजनीतिमा नै सक्रिय रहेको बताएकी हुन् । 

राजनीतिक र घरलाई संगै अघि बढाउनुपर्दा पदमा मात्र नबसेको उनको भनाई छ । उनले नेपाल महिला संघ र महिला अधिकारकर्मीले आफूलाई अगाडि आउन प्रेरित गरेकाले आफूले अहिले मेयर पदमा उम्मेदवारी दिएको धारणा राखिन् ।

सिंहले पार्टीले प्रस्ताव गरेपछि संकल्प तयार पारेको उल्लेख गरिन् । उनले महानगरलाई सुशासनका साथै चुस्त सेवा प्रदान गरिने बताइन् । 

उनले आफूले सार्वजनिक गरेका संकल्पहरुलाई पुरा गरेरै छाड्ने पनि बताइन् । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २६ बजे

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।  शुकरबार प्रतितोला

कैलालीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत

धनगढी– कैलालीको धनगढीमा एक १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन्

आहा रारा गोल्डकप : दोस्रो क्वार्टरफाइनलमा आज थ्रीस्टार र मछिन्द्र भिड्ने

पोखरा– २४औँ संस्करणका आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ– तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको

केराको थम्बाबाट सामग्री उत्पादन

तनहुँ– जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा