चन्दननाथ नगरपालिकाका एमाले मेयरका उम्मेदवारद्वारा घोषणापत्र सार्वजनिक  « Khabarhub

चन्दननाथ नगरपालिकाका एमाले मेयरका उम्मेदवारद्वारा घोषणापत्र सार्वजनिक 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। 

रोकायाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको घोषणा पत्रमा नगरपालिकामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि बन्दोबस्त गरिने उल्लेख गरिएको छ । 

घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ । एमाले घोषणापत्रमा कक्षा १ देखि १२ कक्षामा अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने भएको छ । न्यून आय भएका बालबालिकाहरूका लागि शैक्षिक राहत कोष स्थापना गरिने उल्लेख गरिएको छ ।  

त्यस्तै घोषणा पत्रमा हरेक वडामा कम्प्युटर प्रयोगशाला, वेवि केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गरिने उल्लेख गरिएको छ । जुम्लाको वस्ती विकासका लागि पाखे चक्रपथको अवधारणा अघि सारिएको छ । 

स्थानीय स्तरमा जैविक ग्यास, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था गरिने छ ।

त्यस्तै  चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने घोषणापत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो । कृषिमा हरेक वडामा ठूलो शीत भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिँचाइलाई प्राथमिकता दिइनेछ ।   

त्यस्तै तातोपानी गाउँपालिकामा नेकपा एमाले अध्यक्षका उम्मेदवार सुरत बहादुर शाहीले समेत घोषणापत्र सार्वजनिक गरेका छन्  । तातोपानीका सबै गाउँमा सड्क बिस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिईने, जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैंगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।

 त्यस्तै तातोपानीमा एमालेको घोषणापत्रमा एक गाउँ एक उत्पादन र दश उद्यमी निर्माण गरिने उल्लेख छ । वडा स्तरमा क्रमश एक घर एक धारा पानी, सहिद स्मारक स्थापना, तातोपानी धाराको स्तरवृद्धि तथा लक्षालकृति पैकलाको सालिक निर्माण गरिने, जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुँदै जाजरकोटको सड्क बिस्तार गरिने उल्लेख छ ।

यसैगरी एमालेले कनकसुन्दरी गाउँपालिका र तिला गाउँपालिकाको समेत घोषणापत्र सार्वजनिक गरेको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४३ बजे

असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव

कास्की – नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका

काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौं – काठमाडौं लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा आजदेखि १९औँ शताब्दीका

काभा महिला भलिबल : कीर्गिस्तानमाथि नेपालको जित

काठमाडौं – राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको