मंगलबारको मौसम पूर्वानुमान : पहाडी भूभागमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

मंगलबारको मौसम पूर्वानुमान : पहाडी भूभागमा वर्षाको सम्भावना


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभावको मंगलबार पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिहान प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा भएको छ । दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश १, लुम्बिनी र गण्डकीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना आँकलन गरिएको छ ।

बुधबार पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ । राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : ३२ बजे

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि लुम्बिनी

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा