विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंका भिड्दै


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) बंगलादेश र श्रीलंका भिड्दैछन् । इङ्ग्ल्यान्डको ब्रिस्टोल ग्राउण्डमा हुने खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ ।

यसअघि श्रीलंका र बंगलादेशले समान ३–३ खेल खेलेका छन् । जसमा श्रीलंकाले ३ खेलबाट ३ अंक जोडेको छ भने बंगलादेशको २ अंक छ । विश्वकपको चौथो खेल एक–अर्का बीच खेल्न लागेका यि दुवै टोली जीतको लक्ष्यसहित मैदान उत्रिदैछन् ।

यसअघि पाकिस्तानविरुद्ध नतिजा आफ्नो पक्षमा निकाल्न नपाउँदा टोलीमा दबाब बढेको श्रीलंकाका मुख्य प्रशिक्षक चन्द्रीका हाथरुसिंघाले बताए ।

पाकिस्तान र श्रीलंकाविरुद्ध उक्त खेलमा बर्षका कारण दुवै टोलीले अंक बाडेका थिए । त्यसअघि अफगानिस्तानमाथि जीत निकाल्दै लय समातेको श्रीलंकालाई पाकिस्तानविरुद्धको खेल खेल्न नपाउँदा दबाब महसुस भएको बताएका छन् ।

‘कुनै पनि खेल जितेर लय समातिरहँदा यसरीबीचमै खेल रोकिँदा मुमेन्टममा असर पर्छ,’ बंगलादेशबारे बोल्दै उनले भने,‘विश्वकपमा बंगलादेशसँग पनि अनुभवी खेलाडीहरु छन् । जसले गर्दा बंगलादेशसँग हामी सम्यम भएर नतिजा आफ्नो पक्षमा पार्ने गरी मैदानमा प्रदर्शन गछौं ।’

यस्तै, बंगलादेशका ब्याटिङ प्रशिक्षक नेइल म्याकेन्जील आफ्नो टोलीले श्रीलंकासँग सजग भएर खेल्ने बताएका छन् । उनले सकेसम्म नतिजा आफ्नो पक्षमा पार्ने कोसिस गर्ने पनि बताए ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : ०३ बजे

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल