बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्दै ३० करोडको नयाँ सैन्य सहायताको घोषणा गर्ने | Khabarhub Khabarhub

बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्दै ३० करोडको नयाँ सैन्य सहायताको घोषणा गर्ने


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी संसद्लाई सम्बोधन गर्ने भएका छन् । उनले भिडियो लिंकमार्फत् युक्रेनको संसद् भेर्खोभ्ना राडालाई सम्बोधन गर्ने भएका हुन् ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता विदेशी नेताले युक्रेनी संसद्लाई सम्बोधन गर्न लागेको यो पहिलो घटना भएको बीबीसीले जनाएको छ ।

सम्बोधनका क्रममा जोनसनले युक्रेनका लागि थप ३० करोड पाउण्डको नयाँ सैन्य सहायता घोषणा गर्ने जनाइएको छ । नयाँ सैन्य सहायतामा जसमा विद्युतीय युद्ध उपकरण, एक एकाइ काउन्टर ब्याट्री रडार प्रणाली, जिपिएस जामिङ उपकरण र हजारौं रात्रिकालीन दृष्टि उपकरणहरू समावेश हुनेछन् ।

सम्बोधनका क्रममा उनले रुसी आक्रमणविरुद्धको प्रतिरोधलाई युक्रेनका लागि ‘उत्तम घडी’ भनेर स्वागत गर्ने बीबीसीले उल्लेख गरेको छ ।

‘दोश्रो विश्वयुद्धमा बेलायती जनताले यस्तो एकता र संकल्प देखाए कि हामीले हाम्रो सबैभन्दा ठूलो खतराको समयलाई हाम्रो उत्कृष्ट समयको रूपमा सम्झिन्छौँ । यो युक्रेनको उत्कृष्ट घडी हो, यो तपाईंको राष्ट्रिय कथाको एक महाकाव्यात्मक अध्याय हो जुन आउने पुस्ताले सम्झिनेछ र सम्झाइनेछ’ जोनसनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत हप्ता बेलायतले रुसी विमानहरू विरुद्ध क्षेप्यास्त्र प्रहार गर्न सक्षम सशस्त्र वाहनहरू पठाउने योजनाको घोषणा गरेको थियो । अघिल्लो सहायतामा ट्याङ्क प्रतिरोधी क्षेप्यास्त्र प्रणाली, लडाकु विमानभेदी क्षेप्यास्त्र प्रणाली, विष्फोटक पदार्थहरु लगायत समावेश थिए ।

बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले बताएअनुसार बेलायतले घेराबन्दीमा परेका युक्रेनी फौजलाई बन्दोबस्तीको सहायता प्रदान गर्न बेलायतले आगामी हप्ताहरूमा चालकरहित हवाइ प्रणाली पनि प्रदान गर्नेछ ।

कूटनीतिक रूपमा पनि बेलायतले युक्रेनको राजधानी किभमा आफ्नो दूतावास पुनः खोल्न लागेको जनाइएको छ । यसअघि प्रधानमन्त्री जोनसनले गत महिना युक्रेनको भ्रमण गरी त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ३ : ५१ बजे

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ