उत्तरी कोरियाका सर्वोच्च नेता किमका सौतेनी दाजु सीआईएका सुराकी ! « Khabarhub

उत्तरी कोरियाका सर्वोच्च नेता किमका सौतेनी दाजु सीआईएका सुराकी !


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– सन् २०१७ मा मलेशियाको राजधानी क्वालालम्पुरमा विसाक्त रासायनिक पदार्थ प्रयोग गरी हत्या गरिएका उत्तर कोरियाली सर्वोच्च नेताका सौतेनी दाजु अमेरिकी जासुसी निकाय सीआईएका सुराकी रहेको खुलासा भएको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नाम सीआईएको सुराकी रहेको खुलासा गरेको हो ।

वाल स्ट्रिट जर्नलले ‘यस विषयमा जानकार व्यक्ति’ लाई उद्धृत गर्दै जनाएअनुसार किम जोङ नाम र सीआईएबीच ‘सम्बन्ध’ रहेको उल्लेख गरेको छ । यद्यपि उनले सीआईएलाई कस्तो जानकारी उपलब्ध गराउँथे भन्ने विषयमा भने अखबारले केही उल्लेख गरेको छैन ।

निकै लामो समयदेखि उत्तर कोरियाबाहिर चीनमा बस्दै आएको तथा उत्तर कोरियामा कुनै राजनीतिक प्रभाव नरहेका कारण उनीसँग कुनै विशेष सूचना रहेकोमा भने आशंका रहेको जर्नलले लेखेको छ ।

यद्यपि सीआईएका केही पूर्व वरिष्ठ अधिकारीले भने उनी सीआईएको सुराकी रहेको ‘करिब निश्चित’ रहेको बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

समाचारमा जनाइएअनुसार किम जोङ नामले आफ्नो सुराकी दिनका लागि नियमित रुपमा सिङ्गापुर र मलेशियाको भ्रमण गर्ने गरेका थिए । उनको हत्या भएको दिन पनि उनले मलेशियाको एक होटेलमा सीआईएका जासुस रहेको भनी विश्वास गरिने एक एशियाली मूलका व्यक्तिसँग भेटघाट गरेका बताइएको छ । त्यसबेला उनले ती जासुससँग १ लाख २० हजार अमेरिकी डलर लिएको बताइएको छ ।
किम जोङ नामको सन् २०१७ मा क्वालालम्पुरको विमानस्थलमा भीएक्स नर्भ नामक विशाक्त रासायनिक पदार्थको प्रयोग गरी हत्या गरिएको थियो । जापानी रियालिटी टेलिभिजनका लागि प्र्याङ्क गर्न भन्दै उत्तर कोरियाली जासुसहरुले एक भियतनामी तथा अर्की इण्डोनेशियाली युवतीलाई उक्त विसाक्त रासायनिक पदार्थ किम जोङ नामको अनुहारमा दल्न लगाएका थिए । अनुहारमा विसाक्त पदार्थ दलिएको केही समयपछि नै उनको मृत्यु भएको थियो ।

अमेरिका र दक्षिण कोरियाले उनको हत्यामा उत्तर कोरियाली सरकारको हात रहेको बताउँदै आएका छन् । उनको हत्यामा संलग्न रहेको भनी आरोप लागेका दुबै युवतीलाई मलेशियाले रिहा गरिसकेको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ११ बजे

एथलेटिक्स टोली चीन प्रस्थान

काठमाडौं – बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन तीन

प्राकृतिक ग्याँस पाइपलाइनका कारण मेक्सिकोमा वातावरणीय जोखिम

लस एरेसिफेस – मेक्सिकोले अमेरिकाबाट प्राकृतिक ग्याँस आयात गर्न सुरु

राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेललाई आज जापान सरकारका तर्फबाट ‘गार्ड अफ

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य