अमेजन बन्यो विश्वसनीय अनलाइन ब्राण्ड, फेसबुक तेस्रो स्थानमा « Khabarhub

अमेजन बन्यो विश्वसनीय अनलाइन ब्राण्ड, फेसबुक तेस्रो स्थानमा


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्टनेटको माध्यमबाट गोप्य जानकारी चुहावट तथा गोपनियता भंग भएका घटना बढी रहेको अवस्थामा ई–कमर्स कम्पनीहरु तथा सामाजिक सञ्जालहरु भने विश्सनीय ब्राण्डको रुपमा स्थापित हुन थालेका छन् ।

रिसर्च कम्पनी टिआरए (ट्रस्ट रिसर्च एड्भाइजरी) को हालै सार्वजनिक एक रिपोर्टअनुसार भारतलगायत अन्य मुलुकमा ई–कमर्स कम्पनी अमेजन इन्टरनेटमा विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको देखिएको छ ।

अमेजनपछि गुगल र फेसबुकले विश्वसनीय ब्राण्डको स्थान प्राप्त गरेका छन् । डेटा एनालिसिस कम्पनीको ब्राण्ड ट्रस्ट रिपोर्ट २०१९ अनुसार सर्वेक्षणमा ३२ इन्टरनेट ब्राण्डलाई सामेल गरिएको छ । यसमा फेसबुकको स्वामित्व रहेको म्यासेजिङ्ग एप कम्पनी वाट्स एपलाई पछि पार्दै भारतमा म्यासेजिङ्ग एप हाइक चौथो स्थानमा रहेको छ । वाट्स एप भने दशौँ स्थानमा छ ।

यस्तै अनलाइन रुम बुकिङ्ग गर्ने सेवा प्रदायक भारतीय कम्पनी ओयो रुप पाँचौँ स्थानमा रहेको छ । पछिल्लो अध्ययनले इन्टरनेटमार्फत वस्तु तथा सेवा उपलब्ध गराउने सुविधाप्रति उपभोक्ताको विश्वास बढ्दै गएको देखिन्छ । यसले भविष्यमा अनलाइन सेवा थप प्रभावकारी हुने अध्ययनले देखाएको छ । यसका साथै यस्ता अनलाइन सेवा प्रदायकको व्यापार पनि दिनप्रति दिन बढ्दै गएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : २७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका