ललितपुरमा शुरु भयो विज्ञान सडक मेला « Khabarhub

ललितपुरमा शुरु भयो विज्ञान सडक मेला


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– सर्वसाधारणलाई समेत विज्ञान तथा प्रविधिबारे जानकारी दिने उद्देश्यसहित ललितपुरस्थित जावलाखेलमा ‘विज्ञान सडक मेला’ आयोजना गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले उक्त मेला आयोजना गरेको हो ।

मेलामार्फत सर्वसाधारणलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका नयाँ–नयाँ आविस्कार र अवधारणाबारे जानकारी दिइने जनाइएको छ ।

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार मेलाको उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै पोखरेलले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गरे ।

जनताका लागि उपयोगी नहुने ज्ञान तथा विज्ञानको कुनै पनि अर्थमा काम नहुने मन्त्री पोखरेलको भनाइ छ ।

सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ४३ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा