ललितपुरमा शुरु भयो विज्ञान सडक मेला « Khabarhub

ललितपुरमा शुरु भयो विज्ञान सडक मेला


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– सर्वसाधारणलाई समेत विज्ञान तथा प्रविधिबारे जानकारी दिने उद्देश्यसहित ललितपुरस्थित जावलाखेलमा ‘विज्ञान सडक मेला’ आयोजना गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले उक्त मेला आयोजना गरेको हो ।

मेलामार्फत सर्वसाधारणलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासका नयाँ–नयाँ आविस्कार र अवधारणाबारे जानकारी दिइने जनाइएको छ ।

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार मेलाको उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै पोखरेलले जनताको जीवनमा समृद्धि ल्याउने गरी खोज तथा अनुसन्धानको क्षेत्रमा काम गर्न वैज्ञानिकहरुलाई आग्रह गरे ।

जनताका लागि उपयोगी नहुने ज्ञान तथा विज्ञानको कुनै पनि अर्थमा काम नहुने मन्त्री पोखरेलको भनाइ छ ।

सरकारले विदेशमा रहेका नेपाली वैज्ञानिकहरुको ज्ञान, सीप र दक्षताको स्वदेशमै उपयोग गर्न जोड दिएको पनि पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  २ : ४३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा