मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता आवश्यकः प्रेस काउन्सिल नेपाल « Khabarhub

मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता आवश्यकः प्रेस काउन्सिल नेपाल


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नैरोवी (केन्या)– प्रेस काउन्सिलको अन्तर्राष्ट्रियस्तरको मञ्चमा न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ ।

अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारणसभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।

वर्ल्ड एशोसिएसन अफ प्रेस काउन्सिलको बुधबार सुरु भएको बैठकमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा विभिन्न किसिमका प्रयासहरू भएको भन्दै यसलाई मर्यादित र व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

“हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरू गरेका छौँ । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरू काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।”

उनले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राखे ।

सभामा केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरोले काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिल्यै छाड्न नहुने तर्फ उनको भनाइ थियो ।

बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागी भएका छन् ।

विश्व प्रेस काउन्सिलका महासचिवसमेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा सिवभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा. डा. सुले अकरले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारीसमेत दिए ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ९ : ३५ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी