प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै « Khabarhub

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दै छन् ।

प्रधानमन्त्री शाहसहितको टोली अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गर्नेछन् । प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन् ।

प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ०५ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र ईयूकी उपाध्यक्ष रिबेराबीच भेट

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन यहाँ आएका

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी