सी डिभिजन लिग : आरसी ३२ को पाँचौँ जित « Khabarhub

सी डिभिजन लिग : आरसी ३२ को पाँचौँ जित


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान भएको खेलमा आरसी ३२ ले ओएसीसी क्लबलाई ३–० ले पराजित गरेको हो ।

आरसीको जितमा विवेक सन्तोषी, प्रविन राई र आशिष लावतीले १–१ गोल गरे । आरसी ३२ का आशिष म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा महावीर क्लब र रानीवन स्पोर्टस क्लब दिउँसो पौने १ बजे आमने-सामने हुनेछन् । महावीर ७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने रानीवन ६ अंकसहित सातौँ स्थानमा छ ।

तेस्रो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र अपराह्न ४ बजे भिड्नेछन् । खालीबारी ५ अंकसहित ९ औँ स्थानमा छ भने समाज कल्याण ६ अंकसहित तालिकाको ९ औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ०० बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा