भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता « Khabarhub

भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् ।  सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् । 

गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए । 

चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो । 

गठबन्धनको तर्फबाट पूर्व महानगर प्रमुखसमेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओवादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् । 

उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रपति सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ०८ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर