निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा « Khabarhub

निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री खाँण राजविराजमा


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन सुरक्षाबारे जानकारी लिन गृहमन्त्री बालकृष्ण खाँण सप्तरीको राजविराज पुगेका छन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार गृहमन्त्री खाँण प्रदेश १ को राजधानी मोरङको विराटनगरदेखि बिहीबार बिहान राजविराज पुगेका हुन् ।

गृहमन्त्री खाँणले बिहान ११ बजे राजविराजको होटेल आइगार्डेनमा हुने निर्वाचन सुरक्षा गोष्ठीमा मधेस प्रदेशको सप्तरी, सिराहासँगै प्रदेश १ को उदयपुरका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचन सुरक्षास्थितबारे जानकारी लिने भएका छन्।

उनले यसअघि नै जिल्ला सुरक्षा समितिमा संयोजकसमेत रहने प्रमुख जिल्ला अधिकारीहरूसँग निर्वाचन सुरक्षाबारे भर्चुअल माध्यमबाट छलफल गरिसकेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : १७ बजे

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु