जगन्नाथले पौडेललाई भेटे, देउवासँग भेट्नै चाहेनन्  « Khabarhub

जगन्नाथले पौडेललाई भेटे, देउवासँग भेट्नै चाहेनन् 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका लागि बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई मनाउन लागिपरेका छन् ।

पौडेलको उम्मेदवारी फिर्ता गरेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहौल बनाउन देउवा सक्रिय बनेका छन् । तर पौडेलले देउवालाई भेट्नसमेत मानेका छैनन् ।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले पौडेलसँग भने, ‘सभापतिज्यूले उहाँ (पौडेल)लाई भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन जानकारी छैन।

पौडेललाई प्रधानमन्त्री देउवाले बिहीबार बिहान भेट्न खोजेका थिए। पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै भेटेर फर्किए।

भरतपुरको होटल सिराँगचुलीमा वरिष्ठ नेता पौडेलसँग भएको भेटवार्तापछि पौडेलले भने, ‘वरिष्ठ नेता पौडेलसँग भेट भयो, प्रधानमन्त्रीसँग भेट भएन, हामी हाम्रो चुनावी घरदैलो कार्यक्रम छ भनेर फर्कियौँ।’

पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् ।

यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।

पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भूइँकटहर’ लिएर घरदैलो अभियानमा छन् ।

कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ३२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका