'छक्का पञ्जा ४’ को छायांकनमा जाने तयारीमा  | Khabarhub Khabarhub

‘छक्का पञ्जा ४’ को छायांकनमा जाने तयारीमा 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको छायांकन आउँदो असारबाट सुरु हुने भएको छ । 

दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म  ‘छक्का पञ्जा ४’ को छायांकनमा लाने अन्तिम तयारीमा टिम रहेको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म  ‘छक्का पञ्जा ४’ को स्क्रिप्टको काम लक्ड भएसँगै फिल्म फ्लोरमा जाने छ । 

‘फिल्मलाई असार पहिलो सातामा छायांकनमा लाने तयारी गरिरहेका छौँ । हाम्रो अघिल्लो सिरिजको सफलताले अझै दायित्व थपेको छ । यसैले गर्दा स्क्रिप्ट लगायतका अन्य विषयमा पनि सक्दो मेहनत गरिरहेका छौँ’ निर्देशक दीपाले भनिन् । उनले एउटा क्यारेक्टर आफू सुहाउँदो भएकोले अभिनय गर्ने पनि बताइन । ‘एउटा राम्रो क्यारेक्टर निस्किएको छ । त्यसमा मलाई दर्शकले देख्ने सम्भावना छ’ उनले भनिन् । फिल्मलाई काठमाडौँ र आसपासमा छायांकन गर्ने तयारी टीमको छ । 

फिल्मको रिलिज मिति भने आगामी दशैँका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे  ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरेको अभिनय रहने बताइएता पनि अन्य कलाकारको बारेमा भने बताइएको छैन ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०७ बजे

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ–  केही दिनदेखि परेको वर्षाका कारण लमजुङ/मनाङ जोड्ने एकमात्र बेँसीसहर चामे

मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

काठमाडौं– म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय

निर्वाचन अगाडि महाधिवेशन गर्न तयार भएनन् कार्यवाहक सभापति खड्का, कांग्रेस बैठक नै स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठक अन्तिम समयमा स्थगित

कोशी अस्पतालको पोषण पुनः स्थापना केन्द्रबाट बालबालिका कुपोषणमुक्त

विराटनगर– कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य

केन्यामा खडेरी : गाईको सट्टा उँट पाल्दै किसान

नैरोबी- उत्तरी केन्याको सुक्खा भूमिमा अप्रिलयता वर्षा भएको छैन ।