‘छक्का पञ्जा ४’ को छायांकनमा जाने तयारीमा  « Khabarhub

‘छक्का पञ्जा ४’ को छायांकनमा जाने तयारीमा 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजको छायांकन आउँदो असारबाट सुरु हुने भएको छ । 

दीपाश्री निरौलाले निर्देशन गर्ने फिल्म  ‘छक्का पञ्जा ४’ को छायांकनमा लाने अन्तिम तयारीमा टिम रहेको छ । सामाजिक र राजनीतिक कथावस्तुमा बन्ने फिल्म  ‘छक्का पञ्जा ४’ को स्क्रिप्टको काम लक्ड भएसँगै फिल्म फ्लोरमा जाने छ । 

‘फिल्मलाई असार पहिलो सातामा छायांकनमा लाने तयारी गरिरहेका छौँ । हाम्रो अघिल्लो सिरिजको सफलताले अझै दायित्व थपेको छ । यसैले गर्दा स्क्रिप्ट लगायतका अन्य विषयमा पनि सक्दो मेहनत गरिरहेका छौँ’ निर्देशक दीपाले भनिन् । उनले एउटा क्यारेक्टर आफू सुहाउँदो भएकोले अभिनय गर्ने पनि बताइन । ‘एउटा राम्रो क्यारेक्टर निस्किएको छ । त्यसमा मलाई दर्शकले देख्ने सम्भावना छ’ उनले भनिन् । फिल्मलाई काठमाडौँ र आसपासमा छायांकन गर्ने तयारी टीमको छ । 

फिल्मको रिलिज मिति भने आगामी दशैँका लागि तय गरिसकिएको छ । फिल्ममा दीपक–दीपाका साथै केदार घिमिरे  ‘माग्ने बुढा’ र निर्मल शर्मा निर्माता छन् ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरेको अभिनय रहने बताइएता पनि अन्य कलाकारको बारेमा भने बताइएको छैन ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०७ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज

सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र

वर्षमानले भने : जनताले गुनासो राख्दा मत फिर्ता लैजानु भन्ने गृहमन्त्रीलाई खोज्दै छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले जनताले आफ्ना गुनासो

फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु

मनिला– दक्षिणी फिलिपिन्सको एक निजी विद्यालयमा मङ्गलबार गोली चल्दा दुई

इन्फान्टिनोको आलोचना गरेको तीन सातामै फिफाका उच्च अधिकारी बर्खास्त

काठमाडौं- विश्व फुटबल महासंघ (फिफा) का प्रमुख सञ्चालन अधिकृत (सीओओ)